उदयपुर । पछिल्लो समय जटिल सामाजिक समस्याको रुपमा बिकराल रुप लिदै गरेको बालबिवाह र बिभिन्न कुप्रथा न्यूनीकरणका लागि उदयपुरमा सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न भएको छ । ‘वालविवाह जस्ता कुप्रथा र परम्पराको रोकथामका लागि शिक्षाको भुमिका’ बिषयमा भएको छलफलको क्रममा जिल्लाथित बिभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मदिना मञ्जरी (नजवुल) फाउण्डेशन नेपाल उदयपुरद्धारा आयोजित अन्तरक्रियाका लागि शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सहयोग गरेको हो । कार्यक्रममा त्रियुगा नपाको शिक्षा शाखा प्रमुख शिवकुमारी राउत, जिल्ला प्रहरी कार्यालय उदयपुरकी प्रहरी निरीक्षक धनकुमारी राई, गैरसरकारी संस्था उदयपुरकी अध्यक्ष सिर्जना पौडेल, मदरसा ईस्लामिया दारुल कुरान जलजलेका अध्यक्ष अलीहुसेन, द्वन्द्व पीडित राष्ट्रिय समाज सचिव सुनी खातुनलगायतको उपस्थिती रहेको थियो ।
३१ महिला र ११ जाना पुरुष् सहित जम्मा ४२ जानाको उपस्थिति रहेको कार्यक्रममा बालबिवाह र कुप्रथा रोक्न सामूहिक प्रयासको अवधारण तय भएको आयोजक मञ्जरी फाउण्डेशनकी अध्यक्ष नजबुल खान ‘निलम’को भनाई छ ।