Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

नेपाल र फिनल्यान्डबीच पिआइयोजनामा सहमति

  • उपहार न्यूज
  • शुक्रबार, मंसिर १४ २०८१
नेपाल र फिनल्यान्डबीच पिआइयोजनामा सहमति

काठमाडौँ । नेपाल सरकार र फिनल्यान्ड सरकारबीच सार्वजनिक क्षेत्र लगानी सुविधा पिआइ योजनामा सहमति भएको छ।सहमतिले नेपालका सामाजिक–आर्थिक पूर्वाधारलाई मजबुत बनाउँदै दिगो विकासमा योगदान पुर्याउने उद्देश्य लिएको छ।सहमतिमा समेटिएका मुख्य सहयोगका क्षेत्रहरूमा खानेपानी र फोहोर व्यवस्थापन, ऊर्जा र विद्युतीकरण, डिजिटलाइजेशन, सूचना प्रविधि, स्वास्थ्य प्रविधि र आपतकालीन व्यवस्थापन समावेश छन्।सहमति पत्रमा नेपालका तर्फबाट वित्त मन्त्रालयका सहसचिव धनिराम शर्मा र फिनल्यान्डका तर्फबाट नेपालका लागि फिनल्यान्डकी राजदूत रीना–रीक्का हेइक्काले हस्ताक्षर गरेका हुन् ।यसका लागि ओइसीडीफ्रेमवर्कअनुसार नेपालजस्ता अल्पविकसित मुलुकहरूलाई ५० प्रतिशत अनुदानका रूपमा सहयोग प्रदान गरिनेछ।सहमतिपछि नेपालका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फिनल्यान्डको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै सम्झौताले दुवै देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।फिनल्यान्डका विदेश व्यापार तथा विकासमन्त्री भिल्ले टाभियोले पिआइ योजनाले फिनल्यान्डको प्रविधि र विशेषज्ञता नेपालको विकासका लागि सस्तो वित्तीय सुविधा उपलब्ध गराउने बताए ।

Last updated:2024 Nov 29 Friday 09:18:50

प्रतिक्रिया
सम्बन्धित समाचार