Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

सुदूरपश्चिम रोयल्सका ब्रान्डन मक्मलेन आइपुगे नेपाल

  • उपहार न्यूज
  • शुक्रबार, मंसिर १४ २०८१
सुदूरपश्चिम रोयल्सका ब्रान्डन मक्मलेन आइपुगे नेपाल

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न सुदूरपश्चिम रोयल्सका अलराउन्डर ब्रान्डन मक्मलेन नेपाल आइपुगेका छन् ।
दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टि २० आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै २० ट्वान्टी आईमा डेब्यु गरेका थिए । उनी स्कटल्याण्डको ओडिआई टोलीको पनि सदस्य हुन् । २६ ओडिआईमा उनले ३ शतक र २ अर्धशतकसहित ८ सय ८८ रन बनाएका छन् ।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ ।

Last updated:2024 Nov 29 Friday 09:10:46

प्रतिक्रिया
सम्बन्धित समाचार