Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

जापानमामंसिर १५ र १६ गते नेपाल फेस्टिवल’ , तयारी अन्तिम चरणमा

  • उपहार न्यूज
  • शुक्रबार, मंसिर १४ २०८१
जापानमामंसिर १५ र १६ गते नेपाल फेस्टिवल’ , तयारी अन्तिम चरणमा

टोकियो । जापानहुनलागेको १४ औं नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमापुगेको छ । ‘नेपाल र नेपालीको जापानमापहिचान, १४औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटनप्रवद्र्धन’भन्ने मूल नाराकामंसिर १५ र १६ गते (तदनुसार नोभेम्बर ३० र डिसेम्बर १ ) टोकियोको नाकानो सिकिनोमोरी पार्कमा फेस्टिवलहुनलागेको हो । विशेषगरी जापानमा ‘नेपालीहाउस’निर्माणकालागि सहयोग जुटाउन यो फेस्टिवलको आयोजना गरिएको जनाइएको छ । जापानमानेपाल र नेपालीको पहिचानझल्कने नेपालीहाउस नामक बहु सांस्कृतिक केन्द्रको निर्माण समेत यस फेस्टिवलको उद्देश्य रहेको आयोजक गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले जनाएको छ ।
फेस्टिवलकाआर्थिक संकलनअभियान, स्टलबुकिङ, स्वयम् सेवकटिम र विभिन्न भेषभूषा मौलिककला सस्कृति , नेपाली संस्कृतिकाप्रतिभा देखाउने एनआरएनएजापानकाअध्यक्षतथा फेस्टिवलमूलआयोजक समितिका संयोजकनविननिउरेले जानकारी दिए । उनकाअनुसार एनआरएनएजापान, जापानकालागि नेपाली राजदुतावास र नेपालआदिवासीजनजातिमहासंघ जापानको संयुक्तआयोजनामा फेस्टिवल गर्न लागिएको उनको भनाइ छ । १४ औं नेपाल फेस्टिवल सञ्चालनहुनेस्थलकालागि स्टल, स्टेज लगायत रहने स्थानको डिजाइनिङ अन्तिम रुपमापुगेको जानकारी दिँदै फेस्टिवलमूलआयोजक समितिका उपसंयोजकतथाएनआरएनएजापानकाउपाध्यक्ष सुभास लामिछानेले विगतकावर्षमा भन्दा यस वर्ष स्टलको सख्या वृद्धि गरिएको र कार्यक्रमहुने स्थान समेत फराकिलो हुने भएको बताए ।नेपाल सरकार संस्कृति पर्यटनतथानागरिक उड्डयनमन्त्रालयको सहयोग र नेपाल पर्यटनबोर्डसँगको सहकार्यमा डकुमेन्ट्री र फोटो प्रदर्शनको आवश्यक संयोजन गर्ने कार्य पनिभइरहेको प्रवक्ता खगराजगौतम बताए । ‘यस पटकको नेपाल फेस्टिवलमा नेपाललाई चिनाउने गरि स्टलको व्यवस्था गरि नियमित रुपमाडकुमेन्ट्रीप्रदर्शन र फोटो प्रदर्शन गरिने छ’, गौतमले भने, ‘नेपाल मौलिककलासंस्कृति, सामाजिक रीतिरिवाज, पर्यटकीय स्थललगायत समेटिएको डकुमेन्ट्री र सोहि अनुसारका फोटो प्रदर्शन गरिने छ ।’
धार्मिक र सामाजिक सत्भावसहितको नेपालहाउस निर्माण गराउने मुख्य योजनासहित यस पटकको नेपाल फेस्टिवल गरिन लागेकोले जापानस्थित संघ संस्था, नेपालीदाजुभाइतथादिदीबहिनीहरुलाई खुलाहृदयका साथआर्थिक सहयोग गर्नका लागिआर्थिक व्यवस्थापन उप समितिका संयोजकतथाएनआरएनएजापानकाउपाध्यक्ष कृष्णशर्मा गैरेले अनुरोध गरे । ‘दीर्घकालीनमहत्वको योजनासहित यस वर्षको नेपाल फेस्टिवल गरिन लागेकोले यस्तो सुवर्ण अवसरमा मुख्य गरेर जापानवासीव्यावसायी, सामाजिकव्यक्तित्वसहित सम्पूर्ण नेपालीदाजुभाई तथादिदीबहिनीहरुले आफूले सक्दो आर्थिक सहयोग गरेर पुण्यलाभलिनकालागिविशेष अनुरोध गर्दछु’, आर्थिक व्यवस्थापन उप समितिका संयोजकशर्मा गैरेले भने ।
नेपाल फेस्टिवलकालागि स्टलबुकिङ भइसकेको छ । जसअनुसार फेस्टिवलमा ४० वटाव्यापारिक स्टल रहने छन् । जसमा १२ वटा नेपालीखानाको र अन्यव्यापारिक तथाआयोजकको प्रयोजिनकालागि रहने छन् । फेस्टिवलमा नेपालीखाना, नेपालीकपडा र अन्य नेपालीउत्पादनको कारोबार हुने छ । फेस्टिवलको अनुमानितखर्च एक करोड ४० लाख येन रहेको एनआरएनएजापानकाप्रवक्तागौतमले जानकारी दिए । फेस्टिवलमादिपओए फाउन्डेसन जापान, पूर्ण ट्रेडिङ, एनआरएनएआईसीसीकाउपाध्यक्ष रोबिन शेरचन, व्यवसायी राजन भट्टराई, पे एनपीएलनाकमक्रेडिटकार्डले मुख्यआर्थिक सहयोग गरेको एनआरएनएजापानले बताएको छ । गैरआवसीय नेपाली संघ एनआरएनजापानले सन् २०१२ देखि जापानमा नेपाल फेस्टिवलको गर्दै आएको छ । १४ औं नेपाल फेस्टिवल २०२४ का सदस्य सचिवतथाएनआरएनएजापानकामहासचिवटिकाराम खरेलले भने, ‘नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धतागर्दै नेपालीहरुको अपनत्वको अनुभूति गराउन यो फेस्टिवल एक माध्यमको रुपमाहुने विश्वास हामीले लिएकाछौं ।’

Last updated:2024 Nov 29 Friday 09:02:33

प्रतिक्रिया
सम्बन्धित समाचार