Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

धितोपत्रबोर्डका नवनियुक्तअध्यक्षश्रेष्ठले गरे पदभार ग्रहण

  • उपहार न्यूज
  • बुधबार, मंसिर १२ २०८१
धितोपत्रबोर्डका नवनियुक्तअध्यक्षश्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौं । धितोपत्रबोर्डका नवनियुक्तअध्यक्षसन्तोष नारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन्। बुधबार खुमलटार स्थित धितोपत्रबोर्डको कार्यलयमापुगेर नवनियुक्तअध्यक्षश्रेष्ठले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण पछि सञ्चारकर्मीसँग कुराकानीगर्दै उनले चुनौतीहरुको थुप्रोको बीचमा ठूलो जिम्मेवारीकोसाथआफू आएको भन्दै विशेष गरेर नेपालमा क्यापिटल मार्केटको दायरा बढाउँदै लैजाने काममा महत्वपूर्ण भूमिकानिर्वाह गर्ने प्रतिबद्धता जनाए । उनले क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा धेरै योगदान गर्ने भएतापनियसको सदुपयोग गर्न नसकेको भन्दै अधिकतमप्रयोग गर्नेगरी काम गर्ने उद्देश्यकोसाथआफू आएको पनिबताए ।
उनले भने,‘ठूलो जिम्मेवारीकोसाथआएको छु । चुनौतीहरुको थुप्रो छ । नेतृत्वको अभावमा अड्केकाकामहरु पनित्यत्तिकै छन् । मैले विशेष गरेर क्यापिटल मार्केटको दायरा नेपालमा बढाउँदै लैजानुपर्ने छ । लगानीकर्ताको सुरक्षापहिलो प्रथामिकताको कुरा हो । त्यसलाई मध्यनजर गर्दै काम गर्नुपर्छ त्यसमा क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा गर्ने योगदान धेरै छ । तर हामीले यसको सदुपयोग गर्न सकेको छैनौं । क्यापिटल मार्केटलाई कसरी हामीले अधिकतमप्रयोग गर्न सक्छौ भनेर मध्यनजर गर्दै काम गर्ने उद्देश्यकोसाथआएको छु ।’ उनले हिजै मन्त्रालयमाअर्थमन्त्री विष्णु प्रसाद पौडेल मार्फत शपथ ग्रहण गरेका थिए ।

Last updated:2024 Nov 27 Wednesday 07:42:13

प्रतिक्रिया
सम्बन्धित समाचार