काठमाडौं । विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपांगताभएकाव्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् ।
यसअघि परीक्षणका रूपमानिशुल्क धरहरा खुला गरिएको थियो । अब धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएको हो । प्रतिव्यक्तिदुईसय रूपैयाँशुल्कतोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगताभएकाव्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियतहुने शहरी विकास मन्त्रालयले जनाएको छ ।
विशिष्ट संरचना सञ्चालनतथाव्यवस्थापनविकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालननहुँदासम्मअन्तरिम रूपमाहाललाई शुल्कलिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न विहीबार बसेको मन्त्रीपरिषद् बैठकले स्वीकृतिदिँदै शुल्कपनिमन्त्रिपरिषद्ले नै स्वीकृत गरेको छ। सहरी विकास मन्त्रालयले गरेको प्रस्तावअनुसार प्रतिव्यक्ति २०० रुपैयाँशुल्कतोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार रुपैयाँशुल्कतोकिएको छ।
त्यस्तै धरहरामापार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँतोकेको छ। धरहरा परिसरमा प्रवेशकालागिभने ५० रुपैयाँतोकिएको छ।
त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ। त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीकालागि प्रतिघन्टा एक हजार रुपैयाँतोकिएको छ।