Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

करातेको राष्ट्रिय एलिट प्रशिक्षक शनिबारदेखि

  • उपहार न्यूज
  • शुक्रबार, मंसिर ७ २०८१
करातेको राष्ट्रिय एलिट प्रशिक्षक शनिबारदेखि


काठमाडौं
। काठमाडौं जिल्ला कराते महासंघको आयोजना तथा काठमाडौं जिल्ला सितोरियो कराते संघको संयोजनमा राष्ट्रिय इलिट कराते प्रशिक्षक प्रशिक्षण शनिबारदेखि हुने भएको छ ।प्रशिक्षणमा करिब १ सय ५० प्रशिक्षकको सहभागिता रहने आयोजक महासंघका अध्यक्ष ज्ञानबहादुर जिम्बाले जनाएका छन् । सहभागीलाई करातेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठ र करातेका पूर्व मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठले प्रशिक्षण दिने छन् । उनीहरुलाई काठमाडौं जिल्ला सितोरियो कराते संघका अध्यक्ष एवं शंखडोल कराते एकेडेमीका प्रमुख प्रशिक्षक शिवराम कारन्जितले सहयोग गर्ने छन् ।त्यस्तै सहभागीलाई सुलोचना सिजाख्वा र शिवराज भट्टले खुराक, स्पोर्ट्स साइकोलोजी र खेलकुद विज्ञान सम्बन्धी ज्ञान दिने छन् । तीनदिने प्रशिक्षण जोरपाटीस्थित शंखडोल कराते एकेडेमीमा हुनेछ ।

Last updated:2024 Nov 22 Friday 08:07:18

प्रतिक्रिया
सम्बन्धित समाचार