Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

आर्थिक बर्ष २०७५/०७६ मा त्रियुगा नगरको वित्तिय प्रगती ९८ प्रतिशत

  • उपहार न्यूज
  • बुधबार, कार्तिक ६ २०७६
आर्थिक बर्ष २०७५/०७६ मा त्रियुगा नगरको वित्तिय प्रगती ९८ प्रतिशत

उपहार न्यूज
उदयपुर कात्तिक ६
त्रियुगा नगरपालिकाको आर्थिक बर्ष २०७५/०७६ मा वित्तिय प्रगति ९८ प्रतिशतको हारहारीमा हासिल गरेको तथ्यांक सार्वजनिक भएको छ । त्रियुगा नगरपालिकाले आयोजना गरेको आर्थिक बर्ष २०७५/०७६ को बार्षिक समिक्षा कार्यक्रममा प्रस्तुत तथ्यांकले नगरको वित्तिय प्रगति ९८ प्रतिशत सम्म हासिल गरेको जनाएको छ । त्रियुगा नगरपालिकाका शाखा अधिकृत दिनेश सिवाकोटीले बुधबार नगरपालिकामा आयोजित कार्यक्रममा प्रस्तुत गर्नु भएको प्रतिवेदनमा नगरको यस्तो प्रगति पाईएको हो ।
त्रियुगया नगरपालिकाले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, विपद खर्च, वडा पूर्वाधार विकास तर्फ प्रगति उच्च रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । कार्यक्रममा सार्वजनिक गरिएको क्षेत्रगत प्रगति पनि उच्च देखिएको छ ।
नगरपालिकाको गत आर्थिक बर्षमा संचालित अधिंकास योजनाहरु सम्पन्न हुनु नगरको उपलब्धीको रुपमा रहेको जनाईएको छ । नगरपालिका संचालनको क्रममा प्रगति संगै सिकाईहरु हासिल गरेको समेत प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
नगरले कृषिलाई व्यवसायीकरण, सहकारी अभियानलाई व्यापकता, सडक संजाल विस्तार, सडक पक्की गर्ने, भवन निर्माण मर्मत, आर्थिक विकासमा उपलब्धी हासिल गर्ने काम गत आर्थिक बर्षमा गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो । नगरपालिकाले पंचबर्षिय गुरु योजना, यातायात गुरु योजना, कृषि बजार व्यवस्थापन लगायतका कामहरुमा उपलब्धी हासिल गरेको जनाएको छ ।
नगरपालिकाले काम गर्ने क्रममा संघिय तथा प्रादेशिक आर्थिक कार्यविधिले खर्च प्रणालीलाई सीमांकित गरिएको, योजना संख्या धेरै हुदाँ अनुगमनमा समस्या, योजनामा असन्तुष्टि पक्षहरुको उजुरी बढ्दा समस्या सृजना भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
प्रदेश सभा सदस्य हिमाल कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, सामाजिक क्षेत्र, व्यवसायी, पत्रकार, जनप्रतिनिधि लगायतको उपस्तिथी रहेको थियो । कार्यक्रममा नगर प्रमुख वलदेव चौधरीले नगरपालिकाले गरेको कामको मूल्यांकन गर्नका लागि छुट्टै संयन्त्रयको विकास गर्ने तयारीमा रहेको समेत बताउनु भयो । उहाँले नगरले गरेको कामलाई जनता सम्म पु¥याउन नसक्दा नगरपालिकाको विकास गतिको अबस्था जनताले थाहा नपाईरहेको बताउनु भयो । त्रियुगा एक्सप्रेस दैनिकबाट

Last updated:2019 Oct 23 Wednesday 11:56:17

प्रतिक्रिया
सम्बन्धित समाचार