Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गाईघाट बजारमा पुस १ देखि ८ गतेसम्म खाना महोत्सव हुने

  • उपहार न्यूज
  • बिहिबार, मंसिर ६ २०८१
गाईघाट बजारमा पुस १ देखि ८ गतेसम्म खाना महोत्सव हुने

उदयपुर, मंसिर ६ ।
उदयपुरमा यही आउदो पुस १ देखि ८ गतेसम्म खाना परिकार मेला (महोत्सव) हुने भएको छ । झिँगु नेवा पुँच उदयपुरले हरेक दुई बर्षमा आयोजना गर्दै आएको खाना परिकार मेलाको तेस्रो संस्करण पुष पहिलो दिनदेखि सुरु हुने भएको हो ।

मेलाबारे जानकारी दिन सदरमुकाम गाईघाटमा आयोजक झिँगु नेवा पुँचले बिहीबार पत्रकार सम्मेलन गरेको छ । ‘कला, संस्कृति, संरक्षण आन्तिरिक पर्यटन प्रवद्र्धन, पहुँच पहिचान र परिकार स्वरोजगार समृद्धिको मुल आधार’ भन्ने नारासहित मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । मेलामा बिबिन्न आदिवासी जनजातिहरुको खाना परिकार प्रदर्शन तथा बिक्रि वितरणसँगै सांस्कृतिक कार्यक्रमहरु र जातीय झाँकीहरुसमेत प्रदर्शन गरिने छ ।

नेवार समुदायको लाखे जात्रा, किरात राई समुदायको साकेला, मगर समुदायको हुर्रालगायतको जातिय सांस्कृति झाँकी पनि प्रदर्शन र नृत्यु प्रतियोगिता समेत हुने छ । मेलामा छमछमी सिजन– ४ पनि जोडेर नृत्यु प्रतियोगिता समेत गरिने आयोजकले जनाएको छ । गाईघाटस्थित पिपलचोक देखि ट्राफिक चोकसम्म मेलाको लागि स्थान तयारी गरिएको छ ।

सामूहिक प्रतिबद्धता र सहकार्यको थालली, लोक संस्कृतिको जगेर्ना, होमस्टेको अवधारणा अनुसार संस्कृतिक तथा धार्मिक सद्भाव जस्ता कुरालाई अघि बढाउने उदेश्य सहित मेलाको आयोजना हुनेछ । पत्रकार सम्मेलनको क्रममा मेला संञ्चालनका लागि करिब २१ लाख बराबरको अनुमानित लागत खर्च सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार