Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेसँग बराबरीमा रोकियो ब्राजिल

  • उपहार न्यूज
  • बिहिबार, मंसिर ६ २०८१
दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । दक्षिण अमेरिकी विश्वकपअन्तर्गत भएको खेलमा ब्राजिल र उरुग्वे बराबरीमा रोकिएका छन् । गएराति भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले १÷१ गोल गरे । खेलको ५५औँ मिनेटमा उरुग्वेका लागि फेडेरिकोले गोल गर्दै ब्राजिलविरुद्ध टिमलाई अग्रता दिलाए ।तर, ६२औँ मिनेटमा ब्राजिलका लागि गियरसनले बराबरी गोल फर्काए । यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।यो खेलसँगै १२ खेल खेलेको ब्राजिल १८ अंकका साथ अंकतालिकाको पाँचौँ स्थानमा छ ।

Last updated:2024 Nov 21 Thursday 06:58:52

प्रतिक्रिया
सम्बन्धित समाचार