Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

टी–२० अलराउन्डरतर्फ दीपेन्द्रऐरीको वरीयता यथावत्, भारतका हार्दिक पाण्ड्या शीर्षमा

  • उपहार न्यूज
  • बिहिबार, मंसिर ६ २०८१
टी–२० अलराउन्डरतर्फ दीपेन्द्रऐरीको वरीयता यथावत्, भारतका हार्दिक पाण्ड्या शीर्षमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लेटी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयता सार्वजनिक गरेको छ ।आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा भारतीय क्रिकेटरहार्दिक पान्ड्या टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा उक्लिएका छन् ।उनी दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा आइपुगेका हुन् ।यसअघि गएको जुलाईमा पनि उनी शीर्ष स्थानमा पुगेका थिए। यो वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत् छन् । यस्तै इंग्ल्यान्डका लायम लिभिङ्गस्टोन दुई स्थान तल झर्दै तेस्रो स्थनमा छन् ।यस्तै टी–२० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष र इंग्ल्यान्डका फिल साल्ट दोस्रो स्थानमा यथावत् छन् । यो वरीयतामा भारतका तिलक वर्मा एकैपटक ६९ स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन् ।यस्तै टी–२० बलिङ वरीयतामा इंग्ल्यान्डका अदिल रशिद शीर्ष र श्रीलंकाका वानिन्दु हसरांगा दोस्रो स्थानमा यथावत् छन् । यो वरीयतामा अस्ट्रेलियाका एडम जम्पा पाँच स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन् ।

Last updated:2024 Nov 21 Thursday 06:46:00

प्रतिक्रिया
सम्बन्धित समाचार