Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

युक्रेनलाई रुसविरुद्धलामो दूरीको क्षेप्यास्त्रप्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग

  • उपहार न्यूज
  • मंगलबार, मंसिर ४ २०८१
युक्रेनलाई रुसविरुद्धलामो दूरीको क्षेप्यास्त्रप्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्रप्रहार गर्न अनुमतिदिएपछिविश्वभर यसको तरंग उत्पन्नभएको छ । कार्यकाल सकिन २ महिनामात्रै बाँकी रहेका बेलाबाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्रप्रहार गर्न अनुमतिदिएकाहुन् । बाइडेनको अनुमतिपछि रुसले कडाप्रतिक्रियाभने दिएको छ । रुसको विदेश मन्त्रालयले आफ्नो भूभागमालामो दूरीको क्षेप्यास्तप्रहार भएमा ‘उपयुक्त र ठोस कदम’चाल्ने प्रतिक्रियादिएको हो । रूसले अमेरिकीकदमलाई ‘आगोमा घ्यु थप्ने’ कामभएको टिप्पणी गरेको छ । विदेशमन्त्रालयले यस्तो कदमलाई ‘संयुक्त राज्य अमेरिका र यसको साझेदारहरू रूसविरुद्धको युद्धमाप्रत्यक्ष संलग्नता’हुने पनिबताएको छ । राष्ट्रपति जो बाइडेनले रूसमायुक्रेनलाई लामो दूरीका क्षेप्यास्त्रप्रयोग गर्न अनुमतिदिँदा राष्ट्रपतिनिर्वाचितडोनाल्डट्रम्पलाई यसबारे परामर्श गरे या नगरिएको भने केहीखुलेको छन । ट्रम्पले आफ्नो चुनावीअभियानमै रूस–युक्रेन युद्धअन्त्य गर्ने बताएकाथिए ।यसअघि, अमेरिकाका सहयोगीहरूले युक्रेनलाई क्षेप्यास्त्रप्रयोग गरेर रूसमा आक्रमण गर्न प्रतिबन्धलगाएकाथिए । रुस युक्रेन युद्ध सुरु भएको १ हजार दिनपुगेका बेलाबाइडेनको निर्णय आएको हो ।युद्धको क्रममारूसले युक्रेनीऊर्जा संरचनाहरूमातीव्र आक्रमणगर्दै ब्ल्याकआउट र जनधनको क्षति पु¥याएको छ । ओडेसामा सोमबार भएको आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै करिब ५० जनाघाइते भएको बीबीसीले लेखेको छ ।

Last updated:2024 Nov 19 Tuesday 07:41:21

प्रतिक्रिया
सम्बन्धित समाचार