Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा उपनिर्वाचनको सरगर्मी कांग्रेस रक्षात्मक, अन्य दल आक्रमक

  • उपहार न्यूज
  • सोमबार, मंसिर ३ २०८१
उदयपुरमा उपनिर्वाचनको सरगर्मी कांग्रेस रक्षात्मक, अन्य दल आक्रमक

विश्वराज तामाङ
उदयपुर मंसीर ३
उदयपुरमा आगामी मंसीर १६ गते हुने उपनिर्वाचनका लागि आईतबार मनोनयन दर्ता गरे संगै चुनावी सरगर्मी तातेको छ । उदयपुरको वेलका नगरपालिका ९ का वडाअध्यक्ष पदम खड्का र त्रियुगा नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष चुडाराज काफ्लेको मोटरसाईकल दुर्घटनामा परेर निधन भए पछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले देशभरका ४४ स्थानमा आगामी मंसीर १६ गते उपनिर्वाचन मार्फत रिक्त स्थानहरुको पदपुर्ति गर्दै छ । उदयपुरमा निर्वाचन हुने दुवै स्थान नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्षको निधन भएर रिक्त रहेकाले नेपाली कांग्रेसको लागि यी वडाहरुमा आफ्नो साख जोगाउनु दबाब छ ।
नेपाली कांग्रेसले दुवै स्थानमा आफ्ना जनप्रतिनिधिले यस अघिको निर्वाचनमा जित हासिल गरेकाले पनि सो स्थानमा जित निकाल्नु पर्ने दबाब छ । कांग्रेस आफ्नो पुरानो साख जोगाउनको लागि यी वडाहरुमा रक्षात्मक भएर अघि बढेको छ भने एमाले, माओवादी, रास्वपा, एकिकृत समाजवादी लगयातका दलहरु जित निकाल्नको लागि आक्रमक रुपमा चुनावी माहोलमा होमिएको छ ।
त्रियुगा नगररपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसले पूर्व वडाअध्यक्ष स्वर्गीय चुडाराज काफ्लेका छोरा ईन्जिनियर संजिब काफ्लाई उम्मेदवार बनाएको छ । वेलका नगरपालिका वडा नम्बर ९ मा कांग्रेसले नवराज बस्नेतलाई उम्मेदवारको रुपमा अघि सारेको छ ।
त्रियुगा नगरपालिका वडा नम्बर १२ मा २०७९ बैशाखमा सम्पन्न निर्वाचनमा वडाअध्यक्ष निर्वाचित कांग्रेसका चुडाराज काफ्लेले ४३९ मत प्राप्त गरेका थिए । सो वडामा एमालेका उम्मेदवार रमेश राउत क्षेत्रीले ४०८, माओवादी केन्द्र र एकिकृत समाजवादीको गठबन्धनबाट माओवादीका नविन राईले ४०४ मत प्राप्त गरेका थिए ।
माओवादीले यस पटक पनि नविन राईलाई आफ्नो उम्मेदवारको रुपमा अघि सारेको छ, २०७९ मा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका लक्ष्मीनारायण चौधरीले २४१ मत प्राप्त गरेका थिए चौधरीलाई यस पटक एमालेबाट टिकट पाएर वडाअध्यक्षको उम्मेदवार बनाएको छ । त्रियुगा नगरपालिका वडा नम्बर १२ मा २०७९ मा सम्पन्न निर्वाचनमा उम्मेदवारहरु विच झिनो मतान्तरका विच हार जित भएको थियो । उपनिर्वाचन मार्फत सबैको ध्यान केन्द्रित गरेको त्रियुगा १२ मा उम्मेदवारहरु विच रोचक भिडन्त हुने पक्का छ ।
कांग्रेसबाट पूर्ववडाअध्यक्षका छोरा संजिव काफ्ले, एमालेबाट अघिल्लो पटक जसपाका उम्मेदवार लक्ष्मीनारायण चौधरी, माओवादीबाट नविन राई, रास्वपाबाट ध्रुब पोख्रेल, एकिकृत समाजवादीबाट निर्मला चौधरी, राप्रपाबाट लाल बावु साह, नागरिक उन्मुक्ति पार्टीबाट चन्द्रकला चौधरी, जनमत पार्टीबाट प्रमोद मलाहा सहनी, स्वतन्त्र उम्मेदवार बजरङगी कुमार दास विच वडाअध्यक्ष पदमा प्रतिस्पर्धा हुदैछ । त्रियुगा १२ मा १८७६ पुरुष १९७१ महिला सहित ३८४७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दिपक दाहालले जानकारी दिनु भयो ।
उपनिर्वाचन हुने वेलका ९ मा १५७२ पुरुष र १५६४ महिला सहित ३१३६ मतदाता रहेको उक्त वडामा ७ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष पदम खड्काको निधन भए पछि रिक्त रहेको सो वडामा कांग्रेसबाट नवराज बस्नेत, एमालेबाट मोहन खड्का, माओवादीबाट भरत घिमिरे, जसपाबाट राजकुमार राई, रास्वपाबाट तेजमान विश्वकर्मा, राप्रपाबाट टिकाप्रसाद फुयल, मंगोल नेशनल अग्रनाईजेशन पार्टीबाट सुर्य तामाङले उम्मेदवारी दिएका छन् ।
वेलका ९ मा २०७९ मा सम्पन्न निर्वाचनमा कांग्रेसका पदम बहादुर खड्काले ६७१, एमालेका रणजित राईले ५४८, जसपा नेपालका राजकुमार राईले २३१, माओवादीकेन्द्रका हरि बहादुर श्रेष्ठ जोशीले १७६, राप्रपाका रामकुमार खड्काले २७, स्वतन्त्र उम्मेदवार मनकुमारी राई (घिमिरे) ले १०७ र तेजमान विश्वकर्माले ९८ मत प्राप्त गरेका थिए ।





Last updated:2024 Nov 18 Monday 14:15:00

प्रतिक्रिया
सम्बन्धित समाचार