उपहार न्यूज
उदयपुर असोज २८
प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस उदयपुरका पूर्व सभापती हिमाल कार्कीले समाजमा व्याप्त लागुऔषध दुव्र्यसनी बिरुद्ध सबै पक्ष एक जुट भएर अघि बढ्नका लागि आग्रह गर्नु भएको छ । मंगलबार त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा वडा स्तरीय युवा खेलकुद विकास समितिले आयोजना गरेको फुटवल प्रतियोगीताको उद्घाटनमा बोल्दै उहाँले देशका युवाहरु लागुऔषधको दलदलमा फस्दै गएकाले त्यसबरुद्ध सबै एक भएर अघि बढ्नुको विकल्प नरहेको बताउनु भयो ।
उहाँले त्रियुगा नगरपालिका वडा नम्बर १० ले युवाहरुको लागि पुर्याएको योग्दानको कदर समेत गर्नु भयो, स्थानिय विकासको लागि आफु सबै पक्ष संग सहकार्य गरेर अघि बढ्नका लागि तयारी रहेको प्रदेश सभा सदस्य कार्कीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै एन्फा केन्द्रिय प्रबक्ता किरन राई फुटवल खेल सबै क्षेत्रलाई एकताको सुत्रमा बाध्न सक्ने खेलको रुपमा विकास भएको बताउनु भयो । उहाँले स्थानिय युवाहरुले आयोजना गरेको प्रतियोगीताबाट राज्यलाईनै सहयोग पुगेको समेत बताउनु भयो । उहाँले स्थानिय स्तरमा विकास निर्माणका कामहरु ढिला सुस्ती भएको र त्यसमा गम्भीरताका साथ लाग्नको लागि जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरका उपप्रमुख गंगा राईले युवाहरुको प्रोत्साहनको लागि आफुहरु सहयोग गर्न सधै लागि पर्ने बताउनु भयो ।
नेपाली कांग्रेसका त्रियुगा नगर सभापती सरोजकुमार बस्नेतले प्रतियोगीताले युवाहरुको प्रतिभा पहिचान गरी प्रोत्साहन गर्नका लागि सहयोग पुर्याउनका लागि सबै संग आग्रह गर्नु भयो । कार्यक्रममा नेकपा सचिव ईश्वरमणी राउतले खेलकुद संगै वडाको विकासको वडाले गरेको कामको प्रसंसा गर्नु भयो । वडाध्यक्ष प्रकास कुमार खड्काले युवाहरुको मागलाई वडाले संबोधन गर्दै सहयोग गर्ने गरेको बताउनु भयो । उहाँले स्वस्थ नागरिक बन्न लागिहरुलाई वडाले सधै प्रोत्साहन गर्ने गरेको बताउनु भयो ।
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्का, प्रहरी उपरिक्षक बीर बहादुर बुढामगर, शसस्त्र प्रहरी उपरिक्षक गार्धन राई, स्थानिय जनप्रतिनिधि लगायतको उपस्तिथी रहेको थियो । त्रियुगा एक्सप्रेस दैनिकबाट