Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उप निर्वाचन ः उदयपुरको त्रियुगामा ९ वेलकामा ७ को उम्मेदवारी

  • उपहार न्यूज
  • आइतबार, मंसिर २ २०८१
उप निर्वाचन ः उदयपुरको त्रियुगामा ९ वेलकामा ७ को उम्मेदवारी

उपहार न्यूज
उदयपुर मंसीर २
आगामी कात्तिक १६ गते हुने स्थानिय तहको उपनिर्वाचनको लागि उदयपुरमा वडाअध्यक्षमा रिक्त दुई स्थानका आईतबार मनोनयन दर्ता भएको छ । वडाअध्यक्ष पदमा रिक्त रहेको त्रियुगा नगरपालिका १२ मा ९ जना र वेलका नगरपालिका वडा नम्बर ९ मा ७ जनाले उम्मेदवारी दिएका छन् ।
त्रियुगा नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसबाट संजिव काफ्ले, एमालेबाट लक्ष्मीनारायण चौधरी, माओवादी केन्द्रबाट नविनकुमार बान्तावा राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ध्रुब पोख्रेलले उम्मेदवारी दिएका छन् । त्यसैगरी एकिकृत समाजवादी पार्टीबाट निर्मला चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालबावु साह, नागरिक उन्मुक्ति पार्टीबाट चन्द्रकला चौधरी, जनमत पार्टीबाट प्रमोद मलाहा सहनीले उम्मेदवारी दिएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १२ मा बजरङवली कुमार दासले स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी बेलका –९ मा पनि प्रतिष्पर्धी दलको रुपमा देखिएका एमालेबाट मोहन खड्का,नेपाली कांग्रेसबाट नवराज बस्नेत, माओवादीबाट भरत घिमिरेको उम्मेदवारी परेको छ । त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट राजकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तेजमान वि.क. राष्ट्रिय प्रजातन्त्र पार्टीबाट टिकाप्रसाद फुयल र मंगोल नेशनल अर्गनाइजेशनबाट सुर्य तामाङको उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेसबाट जितेको दुबै वडाध्यक्षको मृत्यु भएपछि उपनिर्वाचन भएको हो । चुडाराज काफ्ले जितेको त्रिनपा –१२ मा सोही पार्टीबाट उनकै छोरा संजिव उठेका हुन् भने पदमबहादुर खड्काले जितेको बेनपा–९ मा उनकै भाइ मोहन खड्का एमालेबाट उम्मेदवार उठेका छन् ।
त्रियुगा नगरपालिका वडा नम्बर १२ मा मंसीर १६ गते हुने निर्वाचनको लागि १८७६ पुरुष र १९७१ महिला सहित ३८४७ मतदाता रहेका छन् ।

Last updated:2024 Nov 17 Sunday 12:35:24

प्रतिक्रिया
सम्बन्धित समाचार