Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कीर्तिपुर नगरपालिकामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको उम्मेदवारी

  • उपहार न्यूज
  • आइतबार, मंसिर २ २०८१
कीर्तिपुर नगरपालिकामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको उम्मेदवारी

कीर्तिपुर । मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रोलिङ्गी महिला दीपक महर्जन (हनि) र राजीव महर्जन (मौनी)को उम्मेदवारी घोषणा भएको छ।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रोलिङ्गी महिला हनि र वडा नं ४ को वडा अध्यक्षमा मौनीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो।यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनि मेयर र मौनी वडा अध्यक्ष पदमा उम्मेदवार बन्न सफल भएका हुन्। मायाको पहिचान नेपालले राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिता र प्रतिनिधित्वबारे गरेको छलफलमा हनि र मौनीले उम्मेदवार बन्ने चाहना व्यक्त गरेका थिए। मायाको पहिचान नेपालको कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेर हनि र मौनीले उम्मेदवारी घोषणा गरे।
कार्यक्रममा जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्यले राज्यको ध्यान नगएको अवस्थामा पार्टीको ध्यान जानु पर्छ भनेर तेस्रोलिङ्गीलाई उम्मेदवार बनाउने घोषणा गरेको बताए। उनले कीर्तिपुर नगरको मेयर र वडा अध्यक्षमा पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन सिङ्गो पार्टी लागेको बताए।जसपा नेपालका केन्द्रीय सदस्य राजन केसी, सन्तोष सिलवाल, विना सिन्हा, केन्द्रीय निर्वाचन प्रतिनिधि मनोज वर्मा, केन्द्रीय पहिचान विभागका प्रतिनिधि विकास कान्छा ब्लोन, नेवा प्रदेश सदस्य राकेश श्रेष्ठ, मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे, नेपालमा दोस्रो पटक भएको मिस्टर गे हेन्डसमका उपाधि विजेता मनिन्द्र सिंह दनुवार लगायतले कीर्तिपुर नगरको पहिचानसँगै विकासका कामलाई अगाडी बढाउन पार्टीका उम्मेदवारको ठुलो भूमिका रहने विश्वास व्यक्त गरे।

Last updated:2024 Nov 17 Sunday 06:20:41

प्रतिक्रिया
सम्बन्धित समाचार