Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सबैभन्दा बढी कर तिर्नेउत्कृष्ट करदाता को को ?

  • उपहार न्यूज
  • शनिबार, मंसिर १ २०८१
सबैभन्दा बढी कर तिर्नेउत्कृष्ट करदाता को को ?

काठमाडौं । कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले यस वर्षको उत्कृष्ट करदाता घोषणा गरेको छ । शनिबार आयोजना गरेको कार्यक्रममा आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९–८० मा विधागत रूपमा धेरै कर तिर्ने करदातालाई सम्बन्धित विधाबाट उत्कृष्ट करदाताको रुपामा छनोट गरेको हो ।सबैभन्दा बढी कर तिर्नेमा आयकरतर्फ नेपाल टेलिकम, बैङ्क तथा वित्तीय संस्थातर्फ नबिल बैंक रवस्तु व्यापारतर्फभाटभटेनी सुपरमार्केट रहेको छ ।एकलौटी फर्मतर्फ श्रुति ट्रेडर्स, निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधि निर्याततर्फ कोडावतार टेक प्रालि, कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ पतञ्जलि आयुर्वेद, बैङ्क तथा वित्तीय संस्थातर्फ नबिल बैङ्क, स्वास्थ्य सेवा तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, ऊर्जातर्फ भोटेकोसी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ सिटी एक्सप्रेस मनि ट्रान्सफर, व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ धेरै र नियमिततर्फ होङ्सी सिमेन्ट र विशेष उद्योगतर्फ वरुण वेभरेज रहेको छ ।यस्तै ५० करोडसम्म कारोबार भएकामध्ये धेरै कर तिर्नेसोल्टी इन्टरप्राइजेज रहेको छ । यसरी छानिएका व्यक्ति तथा संस्थाहरूलाई अर्थमन्त्री विष्णु पौडेलले उत्कृष्ट करदाताको प्रमाणपत्रसहित सम्मानित गरेका हुन् ।

Last updated:2024 Nov 16 Saturday 06:58:14

प्रतिक्रिया
सम्बन्धित समाचार