काठमाडौं । परापूर्वकालदेखि नै कमलानदीमा स्नान गरेर कमलेश्वरी माताको शुक्रबार पूजा अराधना गर्ने गरिन्छ । धनुषा–सिरहासंग जोडिएको कमलानदीमा स्नान गर्न दुरदराजबाट समेत श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।कार्तिक पुर्णिमाको अवसरमा नयाँसिकारी धामीझाँक्रीहरु आ–आफ्ना गुरुबाटदिक्षालिई कमलानदीमा स्नान गरी कमलेश्वरी माताको पूजा अराधना गरी देउताअर्थात भूत खेल्ने धार्मिक परम्परा रहेको छ । त्यसैले यसलाई देवमेलासँगै भूत मेलापनिभन्ने चलन छ । सो दिनकमलानदीमालाग्ने मेलामाहजारौँको संख्यामाधामीझाँक्रीहरुसमेत सहभागीहुने गरेका छन् ।यस मेला सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुरलगायतजिल्लाकालाखौं मानिस कमलानदीमा स्नान गर्न श्रद्धालु भक्तजनहरु आउने गर्छन् ।