Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

नेपालको पैसा नेपालमै रहनुपर्छ ः दुर्गा प्रसाईं

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक ३० २०८१
नेपालको पैसा नेपालमै रहनुपर्छ ः दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सबै विद्यार्थीको प्लस टु पछिको शिक्षा नेपालमै हुनुपर्ने बताएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले नेपालको पैसा नेपालमै रहनुपर्ने बताउँदै मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा र पाइलटको पढाई समेत नेपालमै हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘पैसा भन्दा पनि ठूलो कुरा फस्ट नेपाल, फस्ट नेपाली र नेपालको पैसा नेपालमै रहनुपर्छ । सबै विद्यार्थीको प्लस टु माथिको पढाई नेपालमै हुनुपर्छ । मेडिकल शिक्षा नेपालमै हुनुपर्छ, इन्जिनियरिङ शिक्षा नेपालमै हुनुपर्छ, पाइलट टे«निङ र पाइलटको पढाइ पनि नेपालमै हुनुपर्छ बाहिर जान नपरोस् र नेपालमा जे पनि सम्भव छ भन्ने उदेश्यका साथ म अगाडि बढेको छु ।’
साथै उनले मंसिर तीन गते नेताहरुको दिमाग हल्लिने भ्रष्टाचारका प्रमाण सहित प्रस्तुत हुने बताए । उनले तीन गते कसैले नसोचेको र नदेखेको कुरा कुन नेताको कुन कम्पनिमा कती लगानी छ भनेर सिग्नेचर सहित प्रस्ट पार्ने बताए ।

Last updated:2024 Nov 15 Friday 09:05:13

प्रतिक्रिया
सम्बन्धित समाचार