उपहार न्युज, उदयपुर कार्तिक ३०
उदयपुरमा भएका दुई फरक ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।पहिलो दुर्घटना गत कार्तिक २९ गते राति ९स्४० बजे उदयपुरगढी गाउँपालिका–२, गेर्खेमा भएको हो। उदयपुरगढीबाट ताप्लीतर्फ गइरहेको प्र १(०२(००२ त ९६१ नम्बरको खाली ट्रयाक्टर आफैं अनियन्त्रित भई सडकबाट झन्डै ५० मिटर तल खस्दा ट्रयाक्टर चालक भोजपुर हतुवागढी गाउँपालिका–२ का १९ वर्षीय निरज मगरको घटनास्थलमै मृत्यु भएको छ। सहचालक उदयपुर ताप्ली गाउँपालिका–२ निवासी २२ वर्षीय रमेश श्रेष्ठ गम्भीर घाइते भई कटारी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराट मेडिकल कलेज विराटनगर रेफर गरिएको छ। घटनास्थलमा प्रहरी निरीक्षक सन्तोष कार्कीको कमाण्डमा प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि गाईघाट अस्पताल पठाएको प्रहरिले जनाएको छ।
त्यसै गरि दोस्रो दुर्घटना राति १०स्०० बजे रौतामाई गाउँपालिका–१, डहरस्थित भित्री सडकमा भएको हो। लिम्चिङबुङबाट डहर मेला आउदै गरेको प्रदेश नं। ०३–००१ त ८१९० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडक साइडमा पल्टिँदा ट्रयाक्टरमा सवार ४० वर्षीय चक्र बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ। सोही दुर्घटनामा सवार बर्ष १८ कि मनीषा तामाङ र बर्ष २३ का सुरेश तामाङ घाइते भएका छन्। घाइतेहरूलाई जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। दुर्घटनापछि ट्रयाक्टर चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरिले जनाएको छ।