काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले एक एक अंक बाँडेका छन् । चेल्सीको मैदान स्टामाफोर्ड ब्रिजमा आइतबार रातिभएको खेलमादुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंकबाँडेका हुन् । खेलको अन्तिमक्षणमाआर्सनलले महत्वपूर्ण गोल गर्ने मौका गुमाउँदा स्पष्ट ३ अंकलिनअसफलभयो । पहिलो हाफगोल रहित बराबरीमा सकिएको थियो ।६० औं मिनेटमा आर्सनलका गेब्रियलमार्टिनेलीले गोल गर्दै अग्रता दिलाएका थिए । यसै खेलमा कप्तानमार्टिन ओडोगार्डले कमब्इयाक गरेका थिए । चोटपछि पहिलो पटक मैदान उत्रिएका उनैले दिएको पासमामार्टिनेलीले गोल गरेका थिए ।तर, खेलको ७० औं मिनेटमा चेल्सीका पेड्रो नेटोले बललाई २५ यार्ड टाढाबाट गोल गर्दै खेललाई बराबरीमा पु¥याए । त्यसपछि थपगोल नहुँदादुवै टिमले अंकबाँडे ।चेल्सी र आर्सनलको बराबरीले बराबरीले लिभरपुलशीर्ष स्थानमा मजबुत रहेको छ भने आर्सनललाई लिभरपुलसँगको दूरी कम गर्न चुनौती थपिएको छ । आर्सनलले पछिल्लो चार खेलमा जित निकाल्न नसक्दा लिग तालिकामा चौथो स्थानमा छ भने चेल्सी तेस्रो स्थानमा छ । दुवै टिमले समान ११ खेलबाट १९ अंक बनाएका छन् । म्यानचेस्टर सिटी २३ अंकका साथ दोस्रो स्थानमा रहँदा लिभरपुल भने २८ अंकका साथ शीर्ष स्थानमा छ ।