Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

‘समय परिवर्तन भएपनिशंखधर साख्वाप्रतिको हाम्रो भावना परिवर्तन हुदैँन् ’

  • उपहार न्यूज
  • सोमबार, कार्तिक २६ २०८१
‘समय परिवर्तन भएपनिशंखधर साख्वाप्रतिको हाम्रो भावना परिवर्तन हुदैँन् ’

काठमाडौं । उपप्रधानएवं शहरी मन्त्री प्रकाशमान सिंहले शंखधर साख्वाले सबैलाई समाजमा सहयोग गर्नुपर्छ भन्ने भावनासिकाएको बताएकाछन् ।
सोमबार राष्ट्रियविभूति शंखधर साख्वादिवसको अवसरमा आयोजित कार्यक्रम माउनले शंखधर साख्वाले सबै जनतालाई ऋणमुक्त गरेर नेपाल संवत्को सुरुवात गरेको सम्झना गर्दै उनीबाट हामी सबैलाई सहयोगी भावनासिक्नु पर्ने बताए । उनले भने, ‘शंखधर साख्वाले सबैलाई ऋणमुक्त गरेर नेपाल संवत्को सुरुवात गर्नु भएको थियो । यो समय परिवर्तन हुदैँ गएपनिशंखधर साख्वाप्रतिको हाम्रो भावनाकहि परिवर्तन हुदैँन् । समाज, दाजुभाई दिदिबहिनी, समुदायमा कसैलाई दुख पर्यो भने सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावनाउहाँले सिकाउनु भएको छ । त्यो भावना हामीसँग अहिलेको वर्तमान अवस्थामा पनि अझै बढ्दै गएको छ ।’यस्तै, उनले शंखधर साख्वालाई मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय विभूतिघोषणा गरेको भन्दै त्यो मन्त्रिपरिषद्को बैठकमा आफू पनिसामेल हुन पाउदा खुसि लागेको बताए ।

Last updated:2024 Nov 11 Monday 06:02:41

प्रतिक्रिया
सम्बन्धित समाचार