काठमाडौँ । रियल मड्रिडले स्पेनिस ला लिगामा ओसासुनामाथि सानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा भिनिसियस जुनियरको ह्याट्रिक मद्दतमा रियलले ओसासुनामाथि ४–० को फराकिलो जित हात पारेको हो । रियलको जितमा भिनिसियसले ह्याट्रिक गर्दा जुडे बेलिघमको नाममा एक गोल रह्यो। खेलको पहिलो हाफमा २ गोल गरेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्यो। खेलको ३४ औँ मिनेटमा भिनिसियसको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। ४२ औँ मिनेटमा जुडको गोलमा रियलले अग्रता दोब्बर पारेको थियो। तर खेलको ६१ र ६९ औँ मिनेटमा भिनिसियसले दुई गोल गर्दै ह्याट्रिक पूरा गरे। रियलले सानदार जित दर्ता गरेको खेलमा एडर मिलिटाओले भने घुँडामा चोट बोक्न पुगे ।ब्राजिलका सेन्टर ब्याक उनको दाहिने घुँडामा चोट बोकेका थिए। उनको एन्टेरियर क्रुसिएट लिगामेन्ट ९एसिएल० च्यातिएको छ । खेलपछि रियलले एक विज्ञप्ती जारी गर्दै उनको एसियल र मिनिस्कस गएको बताएको छ। उनको छिट्टै शल्यक्रिया हुनेछ ।