Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा मिडियाद्धारा गाईघाट फुटवल क्लबलाई जर्सी प्रदान, खेलाडिलाई सम्मान

  • उपहार न्यूज
  • शुक्रबार, असोज १७ २०७६
त्रियुगा मिडियाद्धारा गाईघाट फुटवल क्लबलाई जर्सी प्रदान, खेलाडिलाई सम्मान

उपहार न्यूज
उदयपुर असोज १७
त्रियुगा मिडिया ग्रुपले गाईघाट फुटवल क्लबका खेलाडिहरुको लागि जर्सी प्रदान गरेको छ । त्रियुगा मिडिया ग्रुपको सदस्य संस्था उपहार एफ.एम ९५.४ मेघाहर्जले आयोजना गरेको वडा दशै, शुभदिपावल तथा छट पर्वको अबसरमा आयोजित कार्यक्रममा जर्सी प्रदान गरिएको हो ।
त्रियुगा मिडिया ग्रुप अन्तर्गत उपहार एफ.एम ९५.४ मेघाहर्ज र त्रियुगा एक्सप्रेस दैनिकको लागो अंकीत जर्सी फुटवल क्लबलाई प्रायोजन गरिएको हो । शुक्रबार त्रियुगा मिडिया ग्रुपको आफ्नै कार्यायमा आयोजित कार्यक्रममा गाईघाट फुटवल क्लबका प्रशिक्षक किरन कार्कीलाई त्रियुगा मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङले जर्सी प्रदान गर्नु भएको हो । त्रियुगा मिडिया ग्रुप जनउत्तरदायी संचारको रुपमा अघि बढेकाले विगतमा पनि युवाहरुको प्रोत्साहनको लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएको र यस बर्ष गाईघाट फुटवल क्लबलाई जर्सी प्रदान गरिएको अध्यक्ष तामाङले बताउनु भयो ।
कार्यक्रममा गाईघाट फुटवल क्लब आबद्ध खेलाडिहरुलाई खादा लगाएर सम्मान गरिएको थियो, युवा खेलाडिहरु राष्ट्र गहना भएकाले प्रोत्साहनको लागि सम्मान गरिएको आयोजकले जनाएको छ । खेलाडिहरुलाई अखिल नेपाल फुटवल संघ एन्फाका केन्द्रिय प्रबक्ता र त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काले सम्मान गर्नु भएको थियो । सम्मानित हुने खेलाडिहरुमा टिम क्यापटेन प्रविण श्रेष्ठ, साहयक क्यापटेन सुनिल खड्का, डेविट चौधरी, समीरराज राउत, रुपक फुयल, टिपसन राई, सुदिप श्रेष्ठ, हेम राई, दिवश श्रेष्ठ, विशाल विक, प्रजवल चौधरी, लक्ष्मी प्रसाद पञ्जीयार, रिदम लेखी, आयुष गुप्ता, विवके चौधरी, महेश विक, अभिनास राई, विशाल राई र दिपेश भुजेल लाई खादा र अबिर लगाएर सम्मान गरिएको थियो । त्रियुगा एक्सप्रेस दैनिकबाट

Last updated:2019 Oct 04 Friday 14:56:07

प्रतिक्रिया
सम्बन्धित समाचार