काठमाडौं । उपप्रधानमन्त्रीतथा सहरी विकासमन्त्रीप्रकाशमान सिंह स्वदेश फिर्ता भएका छन् । १८कात्तिकमावर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागीहुन इजिप्टको कायरो प्रस्थान गरेका उनीशनिबार स्वदेश फर्किएकाहुन् । स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालले बस्ती विकासकाक्रममाभोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराएको बताए । उनले भने, ‘सहरहरु निर्माण गर्नको लागिहामीले धेरै हाइलाइट गरेका छौं । जलवायु परिवर्तनका कारण सहरहरुमाअति वृष्टि हुने, तथा हिमालहरुबाट लेकहरु फोर्स भएर ट्राइजिटिहरु हुने भएका कारणले भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराएका छौं।’साथै, उनले नेपालको सहरहरुलाई विकास गर्न सबै राष्ट्रको सहयोगको आवश्यक्ता रहेको समेत ध्यानाकर्षण गराएको बताए । उनले आउने दिनहरुमा स्थानियतहदेखी नै यस्ता कार्यक्रमहरुमा सहभागिताजनाउँदाकामहरु दिगो तरिकाले गर्न सकिने समेत बताए ।