उपहार न्यूज
उदयपुर कात्तिक २२
नेपाली कांग्रेसका नेता शेखर कोइराला उदयपुर आउने भएका छन् । नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नम्बर ११ को वडा समितिको आयोजनामा हुने कार्यक्रमलाई संवोधन गर्नका लागि नेता कोइराला उदयपुर आउन लागेका हुन् । कात्तिक २४ गते शनिवार गाईघाट स्थित विपि चोकमा शालिक नेपाली कांग्रेसका संस्थापक विशेश्वर प्रसाद कोइरालाको शालिक अनावरण गर्नका लागि कोइराला उदयपुर आउन लागेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का पूर्व क्षेत्रीय सभापती कांग्रेस नेता एवम त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतले जानकारी दिनु भयो ।
कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य डाक्टर नारायण खड्का, नारायण बहादुर कार्की, लक्ष्मी परियार, कांग्रेसका नेता गुरु घिमिरे, कोशी प्रदेशका महामन्त्री उमेश थापा, जिल्ला सभापती हिमाल कार्की लगायतका नेताहरुको समेत उपस्तिथी रहने कार्यक्रम रहेको नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नम्बर ११ वडा समितिले जनाएको छ । कार्यक्रममा नेपाली कांग्रेसका जिल्लाभरबाट नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुको सहभागीता रहने समेत बताईएको छ ।