Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

अमेरिकामा राष्ट्रपतीय निर्वाचनआज

  • उपहार न्यूज
  • मंगलबार, कार्तिक २० २०८१
अमेरिकामा राष्ट्रपतीय निर्वाचनआज

काठमाडौं । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदातआजहुँदैछ । अमेरिकीजनताले मतदानगर्न अब केही घण्टा मात्रबाँकी छ । निर्वाचनकालागि डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमलाह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । निर्वाचनको मितिआउन एक दिनबाँकी रहँदाह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाताभएको राज्य)को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो ।मतदाताहरूको प्रत्यक्षमतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मकहुने अनुमान गरिएको छ ।

नागरिकले मतदानमार्फत चुनिने प्रत्यक्षकार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रूपमाप्रभावपार्ने कतिपयको धारणा छ । आफ्नो पक्षकाउम्मेदवारलाई विजयी गराउनदुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् ।यो पटकको निर्वाचनमापनिविगतकानिर्वाचनजस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्तवातावरणलाई केन्द्रमा राखेर डेमोक्रेट र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन् ।
कोभिड महामारीपश्चात् अर्थतन्त्र केहीचलायमानबन्ने प्रयत्न गरेको भएपनिमूल्यवृद्धिले यहाँको हरेक तहलाई असर परेको छ । खाद्यवस्तु, इन्धनका साथै सबै खालका वस्तु तथा सेवामा परेको असरले मध्यमस्तरको आयहुनेहरुकालागि कठिन आर्थिक अवस्थासिर्जना गरेकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ । तुलनात्मक रूपमाआप्रवासीहरूप्रति नरम नीतिअङ्गीकार गर्ने डेमोक्रेटिक पार्टीले अमेरिकाको इतिहासमापहिलो पटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार प्रदान गर्नेगरी कमलाह्यारिसलाई मैदानमाउतारेको छ । उता अनेकन मुद्दा खेपिरहेकापूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा सत्ताआरोहणका लागि कडा मेहनत गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार