Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की अदालतमा लगिँदै

  • उपहार न्यूज
  • मंगलबार, कार्तिक २० २०८१
रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की अदालतमा लगिँदै

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि मंगलबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट दोस्रो पटक पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो । यसबीचमा तिहार बिदा परेका कारण उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो । म्याद थपका विषयमा आज पनि अदालतमा बहस हुनेछ । बहस सकिएपछि म्याद थप गर्ने वा नगर्ने भन्ने टुंगो लाग्नेछ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ परेका थिए । प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा एक साथ अनुसन्धान गरिरहेको छ । लामिछानेविरुद्ध रुपन्देहीमा पनि पूरक जोहेरी परेको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उनलाई बुटवल लैजाने सम्भावना पनि रहेको छ ।

Last updated:2024 Nov 05 Tuesday 11:00:14

प्रतिक्रिया
सम्बन्धित समाचार