काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथाउपभोक्ताहित समितिका सभापतिअब्दुलखानले विद्युतिय कारोबार सम्बन्धिविधेयक चाँडै पारित गर्ने बताएका छन् । मंगलबार नेपालन्यूज बैंकसँगको विशेष कुराकानीमाउनले कार्तिक २५ गतेदेखि विधेयकमाथिदफाबार छलफल सुरु गर्ने र चाँडै विधेयक समितिबाट पारित गर्ने जानकारी दिएकाहुन् । उनले भने,‘विद्युतिय कारोबार विधेयक समितिमा छ । यसमा २५ गतेदेखि दफाबार सायद छलफल सुरु हुन्छ । र पाँच सात वटा बैठकपछि यो विधेयक समितिबाट पारित गर्ने समितिको सोच छ र सदनबाट पारित गरेर राष्ट्रपति समक्ष लगेर प्रमाणिकरण हुन्छ ।’उनले अहिलेको आइटीको युगमा सबैले आफ्नो ढंगले विद्युतिय कारोबार गर्न पाउनुपर्ने भन्दै विधेयक छिटो छरितो ल्याउनतत्पर रहेको बताए । उनले भने,‘अबको युगभनेको आइटीको युगहो । सबैले आफ्नो ढंगले व्यापार गर्न सक्नुहुन्छ । ऐनकानुनपक्कै आउछ । कारोबार त भइरहेको छ तर ऐन कानुनको प्रभावमा धेरै ठगिने समस्या बढेको छ । त्यसैले हामी यो विधेयक छिटो छरितो ल्याउनतत्पर छौं ।’सभापतिखानले राष्ट्रिय तथाअन्तराष्ट्रिय स्तरको राजनीतितरल अवस्थामा रहनकासाथै विभिन्नवारहरु भइरहेको बताए । जसको प्रतिकुलप्रभाव नेपालमापनिविभिन्न रुपमाआएको कारण सर्तक अपनाउनआवश्यक रहेको पनिउनको भनाई छ । उनले भने,‘राष्ट्रिय तथाअन्तराष्ट्रिय स्तरको राजनीतिअलिकत तरल अवस्थामा छ । विभिन्नप्रकारका वारहरु छन् । यस सम्बन्धमाआर्थिक मन्दीहुने विभिन्नप्रकारका समस्याहरु आउन सक्ने र अहिले जुनप्रकारका वारहरु भइरहेका छन् । यसका तरङ्गहरु यसबाट हुने प्रतिकुलप्रभावहाम्रो देशमापनिविभिन्न रुपमाआएका छन् । हामी सर्तक हुनुपर्छ ।’