उपहार न्यूज
गाईघाट लामो समय सम्म स्थानिय व्याण्डहरुको सांगीतिक प्रस्तुतीबाट मनोरञ्जन लिन नपाएका गाईघाटका संगीत पारखीहरु कात्तिक १४ गते भने व्याण्डहरुको प्रस्तुतीले आनन्दीत भए । दाजु भाई समुह दोहा कतार र दाजु भाई फुटवल क्लबले आयोजना गरेको सांगीतिक कार्यक्रम तथा विपन्न परिवारलाई राहात सामाग्री वितरण गर्न आयोजित कार्यक्रममा स्थानिय व्याण्डहरुको प्रस्तुतीले स्थानिय तन्नेरी पुस्ताहरु रमाएका थिए ।
कात्तिकको चिसो मौसममा आधा रात सम्म व्याण्डहरुको प्रस्तुतीले सांगीतिक रौनक बढाएको थियो । युवा पुस्ता माझ लोकप्रिय मानिएको रक विद्यालाई प्रतिनिधित्व गर्दै स्थापना भएको वि द जेन्टलमेण्ट व्याण्डको प्रस्तुतीले गाईघाटे युवाहरुलाई झुमाएको थियो । लिड गितारिस्ट तथा भोकलिस्ट सन्तोष लम्साल सहित स्टेज उत्रिएको व्याण्डले स्थानिय युवाहरुलाई विभिन्न गीत मार्फत मनोरञ्जन दिलाएको थियो । जेन्टलमेण्ट व्याण्डमा लम्साल सहित भोकलिस्ट तथा रिदम गिटार स्पन्दन घिमिरे, ड्रममा ओमन, मदलमा जितेन र व्याण्ट म्यानेजर अभिषेक सेवा सहित व्यण्डले रक भर्सन तथा विभिन्न मेलोडि नेपाली गीतहरुको प्रस्तुती दिएका थिए ।
रक संगै मौलिक नेपाली बाजाहरु सहित आफ्नो सांगीतिक करियर सुरु गरेको वि द जेन्टलमेण्ट व्याण्डले सोहि दिन गाईघाट स्थित वर्गर हाउसमा समेत प्रस्तुती दिएका थिए । यता द इन साईड आउट व्याण्डले पनि प्रस्तुती दिएको थियो । कार्यक्रममा चर्चित गायक एस कुमारको विशेष प्रस्तुती राखेका थिए, एस कुमारले आफ्ना चर्चित आधा दर्जन बढि गीतहरु दर्शक स्रोत माझ प्रस्तुत गरेका थिए । कार्यक्रममा कलाकार मिथुन ठाकुर, राजु पराजुली सहितको विशेष प्रस्तुती रहदा अन्य स्थानिय कलाकारहरुले समेत बजोड प्रस्तुती राखेका थिए । दाजु भाई समुहले प्रत्येक बर्ष तिहारको समयमा यस किसिमको कार्यक्रम आगामी दिनमा पनि आयोजना गर्ने दाजु भाई समुह दोहका कतारका संयोजक संन्दिप कुमार भट्टराईले जानकारी दिनु भयो । कार्यक्रमलाई नेशनलन साउण्ड विराटनगरले साथ दिएको थियो भने कार्यक्रमको उद्घोषण किरण कार्कीले गरेका थिए ।