काठमाडौं । स्वास्थ्यबीमाबोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आफ्नो चार वर्षे कार्यकालमा गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गरेका छन् । मंगलबारबोर्डको कार्यालयमापत्रकार सम्मेलनको आयोजनागर्र्दै बसौलाले नीतिगत, प्रशासनिक, बीमादावी, सूचनाप्रविधि र सेवाप्रदाय स्वास्थ्य संस्थाहरुको वस्थापनसम्मकाउत्कृष्ट कामहरु गरेको दाबी गरेका छन् । २०७७ सालमाकार्यकारी निर्देशक बनेका बसौलाको कार्यकालयहीमहिनाको २५ गतेदेखि समाप्तहुने भएको छ । उनले नागरिकहरुलाई सरल र सहज रुपले स्वास्थ्य सेवादिन महत्वपूर्ण भुमिकानिर्वाह गरेको बताए । कार्यकारी निर्देशकबसौलाले आफ्नो कार्यकालमा स्वास्थ्यबीमा ऐन, २०७४ र नियमावली २०७५ बाहेक अन्यकुनै कानुनी दस्तावेज नभएको कारण कार्य गर्न कठिनाई भएको भएर स्वास्थ्यबीमा ऐनले दिएको अधिकारका आधारमा १८ वटा कार्यविधिबनाएका छन् । साथै, सेवाप्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्यबीमाबोर्डको वेभसाईटमा प्रकाशित गर्ने, बोर्डका निर्णयहरु वेबसाइटमा राख्ने र बसौलाले आफ्नो ४ वर्षे कार्यकालमा७७जिल्लाको ७५३ वटा स्थानीयतहहरुमा स्वास्थ्यबीमाकार्यक्रम सञ्चालन गरेको जनाएको छ । नागरिकलाई सहजहोस् भन्ने उदेश्यले डिजिटल कार्डहरु मार्फत पनिबीमितहरुलाई सेवाप्रदान गर्ने व्यवस्था गरिएको बसौलाँले बताए ।