काठमाडौं । सफल चलचित्र होस्टेल रिर्टन्समा पिके डनको भुमिकाबाट चर्चित भएका रंगकर्मी, अभिनेता तथा निर्देशक प्रदिप चौधरी सत्यबिर मार्फत चलचित्रमा कमव्याक हुने भएका छन् । उदयपुरबाट रंगकर्मको यात्रा सुरु गरेका प्रदिप चौधरी पछिल्लो डेढ दशक देखि राजधानीमा रहेर कलाको क्षेत्रमा अघि बढि रहेका छन् । सत्यविर निर्माण समुहले यमपञ्चक अन्तर्गत लक्ष्मीपूजाको अबसर पारेर फिल्म ‘सत्यबिर’ निर्माण घोषणा गरिएको छ । गडरेज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने यो फिल्म सामाजिक कथामा एक्सन थ्रीलर जनरामा निर्माण हुनेछ ।बिहिबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनिले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो । पोस्टरमा कलाकार प्रदीप चौधरीलाई स्थान दिइएको छ । उनलाई रगतले पोतिएको बञ्चरोसहित आक्रामक लूक्समा प्रस्तुत गरिएको छ भने पृष्ठभुमीमा धरहरासहितको काठमाडौं शहर देख्न सकिन्छ । पोस्टरले क्राइम थ्रील संकेत गर्छ ।
‘सत्यबिर’को निर्मातामा आदेश सुब्बा छन् । विराज खड्काको निर्देशनमा बन्ने फिल्म आगामी डिसेम्बरबाट फ्लोरमा जाने छ । एक दशक लामो समयदेखि भिएफएक्स तथा एनिमेसनमा सकृय खड्काको ठुलोपर्दाको लागि निर्देशनमा यो डेब्यू फिल्म रहनेछ । उनले ‘डिज्ने’, ‘पिक्सार’ जस्ता कम्पनिको लागि हलिउड फिल्म ‘स्टार वार’, ‘लेगो’ लगायतमा भिएफएक्स र एनिमेसनको काम गरेका छन् । खड्काले नेपालमा ‘प्रेमगीत ३’, ‘बाँबरी’, ‘कांडेतार’ लगायतका दर्जनौं फिल्ममा भिएफएक्स सुपरभाइजरको काम गरेका छन् ।