Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गाईघाटमा बजाज एक्सचेन्ज हुदै

  • उपहार न्यूज
  • शनिबार, असोज ११ २०७६
गाईघाटमा बजाज एक्सचेन्ज हुदै

उपहार न्यूज
गाईघाट असोज ११
बजाज मोटरसाईकलको गाईघाटको लागि आधिकारिक विक्रेता कािलका अटो लिंकले बजाज एक्सचेन्ज संचालन गर्ने भएको छ । जुनसुकै कम्पनीको पुरानो मोटरसाईकल लगेर नयाँ बजाज ब्राण्डका विभिन्न मोडलका मोटरसाईकल लिन सकिने गरी एक्सचेन्ज क्याम्पको आयोजना गर्न लागिएको हो ।
असोज १३ गते सोमबार देखि सुरु हुने एक्सचेन्ज असोज १७ गते सम्म रहेन छ । बजाज एक्सचेन्जमा न्यूनतम मुल्यांकन ३० हजार रहेको र मुल्यांकन रकममा थप १५ कम्पनीले थप गर्न सकिने कालिका अटो लिंकका प्रमुख सुनिल ठाकुरले बताउनु भयो ।
बजाज कम्पनीले उत्पादन गरेको विभिन्न आकर्षक ब्राण्डहरु बजारमा आएकाले ग्राहकहरु बजाजका नयाँ ब्राण्ड चढ्न चाहेर पनि नपाईरहेको समयमा कम्पनीले एक्सचेन्ज क्याम्पको आयोजना गर्न लागेको हो । एक्चेन्ज क्याम्पमा मोटरसाईकल लिदा बाईक कभर, हेल्मेट र ल्यापटप ब्याग निःशुल्क उपलब्ध गराईने योजना रहेको ठाकुरले जानकारी दिनु भयो ।
बाईक एक्सचेन्ज संगै न्यूनतम रकम भुक्तानी गरेर फाईनासमा समेत मोटरसाईकल उपलब्ध गराईने योजना रहेको जनाईएको छ । एक्सचेन्जमा जस्तोसुकै मोटरसाईकल ल्याईए पनि ३० हजार मुल्यांकन गरिने छ । नेपाली अटोमोवाईल्स बजारमा सबै भन्दा बढि विक्रि भएको दुई पांग्रे सवारी साधनमा बजाज नेपालमै पहिलो नम्बरमा रहेका छ ।

Last updated:2019 Sep 28 Saturday 11:35:13

प्रतिक्रिया
सम्बन्धित समाचार