Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक १६ २०८१
राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ। एसएस फाउन्डेसनले कार्कीलाई १ लाख नगद रुपैयाँसहित शुक्रबार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । अमिषाको प्रदर्शनले नेपाली युवालाई उत्प्रेरणा मिलेको संस्थाले अर्पण गरेको सम्मानपत्रमा उल्लेख छ। अमिषाले बुधबार दशरथ रङ्गशालामा भएको साफ महिला च्याम्पियनसिप को फाइनल खेलमा बङ्गलादेश विरुद्ध गोल गरेकी थिइन् । यद्यपि सोखेलमा नेपाल २–१ गोलले पराजित भएको थियो । उनले सेमिफाइनलमा भारतविरुद्ध पेनाल्टी सुटआउटमा निर्णायक पेनाल्टी प्रहार गर्दा नेपालले ४– २ गोलको जित निकालेको थियो । सामाजिक संस्था एसएस फाउन्डेसनले विभिन्न क्षेत्रमा काम गर्दै आएको छ। विपदमा परेकालाई सहयोग गर्नेदेखि सामाजिक काम गर्ने व्यक्तिलाई सम्मान गर्दै आएको छ।

Last updated:2024 Nov 01 Friday 09:24:01

प्रतिक्रिया
सम्बन्धित समाचार