Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक १६ २०८१
तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री

काठमाडौं । उमंग र उत्साहबोकेर आउने सांस्कृतिकपर्व तिहारको भिन्नै महत्व छ । शरद ऋतुको मौसमभएकाले घर आँगनमा ढकमक्क सयपत्री र मखमलीफूलफुलाउने चलन छ । झिलिमिलीबत्तीको चाड पनिभएकाले तिहारलाई उज्यालो पर्वका रुपमा मानिन्छ । हिन्दु दर्शन अनुसार यस चाडमा काग, कुकुर, गाई, गोरु र दाजुभाइतथादिदीबहिनीको पूजा गरिन्छ ।पूजाकाक्रममाचाहिने सामाग्रीहरुको किनमेल र व्यापार पनि यसै समयमाचम्किने गर्छ । अन्यपर्वमा प्रयोग गरिने धार्मिक तथा सांस्कृतिक सामाग्रीहरु झै तिहारमा पनि अनेकौं सामाग्रीहरुको प्रयोग गर्ने परम्परा छ । ति सामाग्रीहरुले सदैव तिहारको झल्को दिने गर्छ । तिहारमा प्रयोगहुने केही महत्वपूर्ण सामाग्रीहरुको बारेमा यहाँचर्चा गरिएको छ ।
फूल र माला
तिहारका लागिअतिआवश्यक सामाग्रीमध्ये पर्छ फूल र माला । फूलपनि सयपत्री, गोदावरी र मखमलीको विशेष महत्व रहेको पाइन्छ । घर सजाउन देखि पूजाआराधना गर्न यीनै फूलको प्रयोग हुन्छ । लक्ष्मीजल, फूल, तेल र उज्यालोमा बस्ने भएकाले यो बेलाफूलमाला र झिलिमिलीबत्तीको प्रयोग गरिन्छ । कुकुर, गाई, गोरु साथै दीबहिनीतथादाजुभाईलाई फूलको मालापहि¥याउने प्रचलन छ । मखमलीकहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भन्ने मान्यताअनुरुप भाइटीकामा यसको मालालगाउने चलन छ ।
रातो माटो
तिहारमा रातोमाटोको विशेष महत्व छ । लक्ष्मीपूजाकादिन रातो माटोको डोरो बनाई घरमा लक्ष्मी भित्राइन्छ । आँगन, तुलसाको मोठ अर्थात घरको मुलढोका हुँदै भण्डारसम्म रातो माटोको डोरो बनाएर पोत्ने चलन छ । रातो माटोलाई पबित्रमानिने भएकाले भाइटीका वागोबद्र्धन पूजा गर्ने बेलामापनि रातो माटोको प्रयोग गर्ने गरिन्छ । सप्तरंगीवाअविर केसरी
बजारमा सप्तरंगी टिका देख्नासाथतिहारको झल्को पाइन्छ । तिहारका हरेकदिनपूजाआराधनागर्दा अविर केसरीको आवश्यक्ता पर्छ । भाइटीकाको दिनदिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामनागर्दै निधारमा सप्तरंगी टीका लगाउने चलन छ । अष्टचिरिञ्जीवीको पूजागर्दा पनिअविर केसरी आवश्यक पर्छ । लक्ष्मीपूजागर्दा पनिअविर केसरी आवश्यक पर्छ ।
भाइमसला
तिहारको पूर्वसन्ध्यामाबजारमा भाइमसलाको विक्रीअत्याधिक बढ्छ । किनकीतिहारमा भाइमसलानभइनहुने सामाग्रीहो । विभिन्नमसलाहरु राखेर प्याक गरिएको भाइमसलामानरिवल, काजु, किसमिस, सुकमेल, ल्वाङ, सुपाडी, छोकडा, दालचीनीलगायतकामिश्रीत सामाग्रीहरु हुन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइसकेपछि यस्ता सामाग्रीदिने चलन छ । नेवारी समुदायमा म्ह पूजागर्दा पनिभाइमसलादिने संस्कार छ ।
चामलको पीठो
तिहारमा सेलरोटी वा मिठाइका परिकार बनाउनचामलको पिठो अनिबार्य मानिन्छ । त्यो भन्दापनिलक्ष्मीपुजाकादिनचामलको पिठो आवश्यक पर्छ ।घरको मुलढोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट लक्ष्मीकोप्रतिकात्मकपाइलाबनाएर झिलिमिलीबत्तीबालेर लक्ष्मीको स्वागत गर्न पिठो आवश्यक पर्छ । गोबद्र्धन पूजामापनि पिठोको प्रयोग हुन्छ ।
तेल र घिउ
तिहार पाँचै दिनआवश्यकपर्ने सामाग्रीमध्ये तेल र घिउको उत्तिनै महत्व छ । सेलरोटी साथै मिठाइहरु बनाउन तेलको प्रयोग गरिन्छ । दियो बाल्न र भाइटीकाको दिनदाजुभाईको कपालमालगाउनपनि शुद्ध तोरीको तेल चाहिन्छ ।
मैनबत्ती र धुप
घरआँगनको उज्यालो बनाउन र मिठो सुगन्धकालागितिहारमा मैनबत्ती र धुपआवश्यक पर्छ । तिहारका प्रत्येक साँझ र विहानपूजाआराधनागर्दा मैनबत्ती र धुपबाल्ने गरिन्छ ।
कालो भटमास र मासको गेडा प्रत्येकवर्ष नेपाल संवतअनुसार कार्तिक शुक्लपक्षप्रतिपदातिथिमाम्हःपुजा गर्ने चलन छ । नेवार समुदायले परिवारका सबै सदस्य भेलाभएर गरिने यस पूजाकाअवसरमा कालो भटमास र मासको गेडाको आवश्यक्ता पर्दछ । हाँस वाकुखुराको फूल सगुन चढाइ तान्त्रिक विधीबाट गरिने पुजामाअक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलोको प्रयोग गरिन्छ ।
ओखर र विमिरो
तिहारको अन्तिमदिनअर्थात भाइटिकामा अतिआवश्यक पर्ने ओखर र विमिरोको विशेष महत्व छ । भाइटीका लगाउँदादिदीबहिनीले दाजुभाइको दुख कष्ट फोडेर फालेको प्रतीकस्वरुपओखर फुटाउने प्रचलन छ । ओखरले दाजुभाईको कालको बाटो छेक्ने विश्वास गरिन्छ । भाइटीकाकै अवसरमा दियो, कलस, गणेश साथै विमिराको पनिपूजा गर्ने चलन छ ।
दुवो र कटुस
तिहारका अन्यदिनदुवो र कटुसको खासै प्रयोग नआएपनि भाइटीकाका दिनअनिबार्य मानिन्छ । दियो, कलश र गणेशको पूजा गरी यमराजको आह्वानगर्दै दूबोको टीका वामाला र कटुसको प्रयोग गर्ने चलन छ । दिदीबहिनीले दाजुभाईको दिर्घायुको कामनागर्दैदुबो लगाइदिने प्रचलन छ ।
गाईको गोबर
तिहारमा घरआँगनपबित्रबनाउनगाईको गोबरले लिपपोत गर्ने प्रचलन छ । हिन्दु संस्कार अनुसार शरीर शुद्धिका लागिआवश्यकपञ्चगव्यगाईकै दूध, दही, घिउ, गहुँत र गोबर मिसाएर बनाइने भएकाले गोबर आवश्यक पर्छ ।
पालातथादियो
तिहारमा घर उज्यालो बनाउनपालावादियोको धेरै प्रयोग गरिन्छ । माटोबाट बनेको पालामा तेल राखेर कपासको बात्तीबाल्ने गरिन्छ । लक्ष्मीभित्राउनदियोको धेरै महत्व हुन्छ ।

Last updated:2024 Nov 01 Friday 02:13:15

प्रतिक्रिया
सम्बन्धित समाचार