Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

गाईघाटमा यात्रु साहयता कक्ष स्थापना

  • उपहार न्यूज
  • शुक्रबार, असोज १० २०७६
गाईघाटमा यात्रु साहयता कक्ष स्थापना

उपहार न्यूज
उदयपुर असोज १०
चाड पर्वमा यात्रु तथा यातायात व्यवसायीहरुलाई सुरक्षा सहजताको लागि लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा बस पार्कमा यात्रु साहयता कक्ष शुक्रबारबाट संचालनमा ल्याएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्का, प्रहरी उपरिक्षक बीर बहादुर बुढामगरले शुक्रबार बिहान यात्रु साहयता कक्षको उद्घाटन गर्नु भएको हो । यात्रु साहयता कक्ष उद्घाटनको क्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले लामो तथा छोटो दुरीमा यात्रा गर्ने यात्रुहरुलाई मिजासिलो तरिकाले सेवा गर्नका लागि समेत आग्रह गर्नु भएको छ । समय समयमा यातायात व्यवसायीबाट यात्रुहरु प्रति दुरव्र्यवहार हुने विभिन्न घटनाहरु आउने गरेकाले यात्रुहरु प्रतिको व्यवहार सकरात्मक गर्नका लागि समेत आग्रह गर्नु भयो । प्रजिअ खड्काले चाडवाडको समयमा यात्रु साहयता कक्ष संचालनमा ल्याउनु नौलो बिषय नभए पनि यो बर्ष बाट फरक तरिकाले संचालन गर्ने तयारी रहेको जानकारी दिनु भयो । उहाँले जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरुलाई यात्रुले देख्ने गरी भाडादर राख्नका लागि समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै उदयपुर जिल्ला प्रहरी प्रमुख प्रहरी उरिक्षक बीर बहादुर बुढा मगरले चाड पर्वको समयमा हुन सक्ने संभाविता घटनालाई कम गर्नका लागि यात्रु साहयता कक्ष गाईघाट र कटारीमा संचालन गरिएको बताउनु भयो । उहाँले जिल्लाको बेल्टार र रामपुरमा पनि यात्रु साहयता कक्ष स्थापना गरेर नागरिकलाई सुरक्षा प्रदान गर्ने बताउनु भयो । चाडपर्वको समयमा अप्रिय घटनाहरु घट्न नदिनका लागि यातायात व्यवसायीहरुको समन्वयमा यात्रु साहता कक्ष संचालनमा ल्याएको बताउनु भयो । कार्यक्रममा हिमाली यातायात व्यवसायी प्रा.लिका अध्यक्ष ओम भक्त मैनाली, सिटि सवारी यातायात प्रा.लि उदयपुरका कोषाध्यक्ष टंक मगरले यातायात व्यवसाय भन्दा पनि सेवामुखी भावले संचालन गरिदै आएकाले यात्रुलाई सहजता सृजना गर्नु आफुहरुको पनि दायित्व रहेको बताए । त्रियुगा बसपार्कमा आयोजित कार्यक्रममा यातयात व्यवसायी, प्रहरी, स्थानिय नागरिक, पत्रकार लगायतको उपस्तिथी रहेको थियो ।

Last updated:2019 Sep 27 Friday 10:45:52

प्रतिक्रिया
सम्बन्धित समाचार