Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

जाल्पा एकीकृत विकास समाजद्धारा कर्मचारीलाई श्रव्य, दृष्य सम्पादन उत्पादनसम्बन्धी अभिमुखीकरण

  • उपहार न्यूज
  • मंगलबार, कार्तिक १३ २०८१
जाल्पा एकीकृत विकास समाजद्धारा कर्मचारीलाई श्रव्य, दृष्य सम्पादन उत्पादनसम्बन्धी अभिमुखीकरण

उदयपुर, कात्तिक १३ ।
उदयपुरमा लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था जाल्पा एकीकृत विकास समाजले आफ्ना कर्मचारीहरुलाई श्रव्य, दृष्य सम्पादन तथा उत्पादनसम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । पछिल्लो समय बढ्दो प्रबिधीमैत्री युगसँगै सामाजिक गतिबिधिहरुलाई डिजिटल प्रणालीमार्फत प्रस्तुत गर्न सहज हुने उद्देश्यले अभिमुखीकरण गरिएको हो ।

आयोजक संस्था जाल्पाका कार्यक्रम अधिकृत रुद्र पोखरेलका अनुसार अभिमुखीकरणमा करिब डेढ दर्जनसहभागी रहेका थिए । गाईघाटस्थित संस्थाको आफ्नै सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा खासगरी मोवाईल फोनकै प्रयोगबाट हुने अडियो र भिडियो संकलन, छायांकन, सम्पादन र उत्पादन गर्न बिभिन्न सफ्टवेयर र प्रक्रियाहरुबारे जानकारी दिइएको थियो ।

दृष्य र श्रव्यमार्फत संस्थागत र सामाजिक गतिबिधिहरु सार्वजनिक गर्दा सबैलाई उत्प्रेरणा मिल्ने भएकाले कर्मचारीहरु लक्षित अभिमुखीकरण महत्वपूर्ण रहेको साझेदार निकाय वल्र्डभिजन इन्टरनेशनल नेपालका उदयपुर जिल्ला संयोजक आनन्द खड्काको भनाई छ । सहभागी कर्मचारीहरुलाई अभिमुखीकरण नेपाल पत्रकार महासंघ उदयपुरका सहसचिव देवराज राईले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार