Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

निषेधित क्षेत्र तोड्ने प्रयस गरेपछि सांसदसहित रास्वपाका १७कार्यकर्ता पक्राउ

  • उपहार न्यूज
  • मंगलबार, कार्तिक १३ २०८१
निषेधित क्षेत्र तोड्ने प्रयस गरेपछि सांसदसहित रास्वपाका १७कार्यकर्ता पक्राउ

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शनकाक्रममाउनीहरूलाई गिरफ्तार गरिएको रास्वपाकाकार्यवाहकमहामन्त्रीकविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले गरेको यो दमन र गिरफ्तारीविरुद्ध घोर भर्त्सना गर्दछौँ,’उनले भनेका छन् । प्रहरीले नियन्त्रणमा लिएकाहरूमा रास्वपाका सांसद अशोककुमार चौधरी, उक्त पार्टीका काठमाडौं जिल्ला सभापतिप्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्नमहर्जन, ताप्लेजुङ जिल्ला सभापतिवीरेन्द्रकुमार श्रेष्ठलगायत नेता–कार्यकर्ता रहेका बुर्लाकोटीले बताए ।
पार्टी सभापति रवि लामिछाने सहकारी संस्थाको बचत रकमअपचलनप्रकरणमा पक्राउ परेपछि रास्वपाआन्दोलितभएको हो ।

Last updated:2024 Oct 29 Tuesday 07:31:45

प्रतिक्रिया
सम्बन्धित समाचार