काठमाडौं । राष्ट्रिय नागरिक पुरस्कारबाट युवाअभियन्तादिवाकर अर्याल सम्मानितभएका छन् । नागरिक समूहले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममायुवाअभियन्ताअर्याललाई पुरस्कृत गरिएको हो । राष्ट्रिय युवातथा सुशासन सम्मेलन एवं राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममाअभियन्ताअर्याल पुरस्कृत भएकाहुन् । अर्याल अध्यक्ष रहेको ग्लोबल युथपालिर्यामेन्टमा हाल ८६ देशमा ८६ देशका २१ सयभन्दा बढी युवा जोडिएका छन् ।
युवाअभियानमार्फत् विश्वभरका युवालाई जोड्न एक दशकभन्दालामो समयदेखि क्रियाशीलअर्याललाई उनको योगदानकालागि सम्मान गरिएको नागरिक समूहकाअध्यक्षनिगमहुमागाईंले बताए । यसअघि यसै सम्मानबाट पूर्वप्रधानन्यायाधीशएवं मन्त्रिपरिषद्का अध्यक्षखिलराज रेग्मी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंशआचार्य, उपरथि रमीन्द्र क्षत्री (अप्रा, नेपाली सेना) र वरिष्ठ नेत्र विशेषज्ञ डा.सन्दुक रूइतलाई सम्मानित गरिएको भन्दै हुमागाईंले युवाअभियानमार्फत् नेपाललाई विश्वसँग जोड्ने देशभक्तअर्याललाई सम्मान गर्न पाउँदाआफूहरू कृतज्ञ बनेको बताए ।
तीन सदस्यीय निर्णायक समितिकातर्फबाट मन्तव्य राख्दै एम्नेष्टी इन्टरनेशनल नेपालकापूर्वअध्यक्ष सूर्यबहादुर अधिकारीले ग्लोबल युथपार्लियामेन्टमार्फत् विश्वमा नेपालचिनाइरहेका युवाअभियन्ताअर्याललाई छनौट गर्न पाउँदाआफूहरूलाई गर्व लागेको बताए । छनौट समितिमाअधिकारीसहितअध्यक्षहुमागाईं र रोटरी डिष्ट्रिक्ट ३२९२ का पूर्व एसिष्टेन्ट गभर्नर सुलोचनासिग्देल रहेका थिए । सम्मेलनलाई सम्बोधनगर्दै सम्मानितव्यक्तित्वअर्यालले लामो समयदेखि सामाजिक क्षेत्रमाक्रियाशीलनागरिक समूहले योग्य सम्झेर सम्मान गरेबाट युवाअभियानलाई अझ सशक्तबनाउने दायित्वथपिएको बताए । युवाअभियानलाई समाजप्रति योगदानदिनसक्ने र देशलाई विश्व रंगमञ्चमाचिनाउने बनाउने लक्ष्यलाई यसबाट बल मिलेको अर्यालले उल्लेख गरे ।