उपहार न्यूज असोज ९
शिक्षा क्षेत्रलाई थप प्रविधिमैत्री बनाउन उदयपुरमा पहिलोपटक प्रविधि मैत्री शिक्षक समाज नेपाल गठन गरिएको छ ।
प्रविधिको क्षेत्रमा आफ्नो कृयाशिलता देखाउँदै आएका शिक्षकहरुको भेला युवराज थापाको अध्यक्षतामा १४ सदस्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा बिष्णुशिरोमणि खतिवडा, महिला उपाध्यक्षमा सुमित्रा पोखरेल, सचिवमा कुमार राई, सहसचिबमा डम्वर दनुवार र कोषाध्यक्षमा विदुरविक्रम थापा रहेकाछन् ।
समितिको अन्य सदस्यहरुमा हरिविनोध खतिवडा, पुरुषोतम सापकोटा, भोजराज भण्डारी, भविन्द्र बस्नेत, शेरबहादुर मगर, श्याम खत्री, मानबहादुर खत्री र मित्र श्रेष्ठ रहेका छन् । समितिका ताप्लि गाउँपालिकाबाट प्रतिनिधि उपस्थित नभएपछि मनोनित गर्ने गरी रिक्त राखिएको अध्यक्ष थापाले जानकारी दिए ।
नवगठित समितिलाई बधाई दिँदै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख हरिबहादुर श्रेष्ठले प्रविधिको विकाससँगै शिक्षा क्षेत्रको विकास गर्न सके मात्र देश विकास हुने बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षक सिकाई, क्रियाकलापमा प्रविधिको प्रयोग, सिकाईका लागि कार्यक्रम उत्पादन, वितरण, तालिम, गोष्ठि सञ्चालन, परीक्षाको नतिजा विश्ेलषणका लागि जोड दिए ।
त्रियुगा एक्सप्रेस दैनिकबाट