Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको मुर्कुचीमा ‘प्रथम रौता मिनि गोल्डकप’ सुरु

  • उपहार न्यूज
  • शनिबार, कार्तिक १० २०८१
उदयपुरको मुर्कुचीमा ‘प्रथम रौता मिनि गोल्डकप’ सुरु

शंकर रिखाम मगर-
उदयपुर, कात्तिक १० ।

उदयपुरको मुर्कुचीमा ‘प्रथम रौता मिनी गोल्ड कप– २०८१’ सुरु भएको छ । त्रियुगा नगरपालिका वडा नम्बर १६ सुकौराको स्थानीय खेलमैदानमा सुरु प्रतियोगिता रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले उद्घाटन गरेका हुन् ।

शनिबार सम्पन्न उद्घाटन खेलमा आयोजक रौतामाई स्पोर्टस क्लव ‘ए’ले प्रतिद्धन्द्धी त्रियुगा नगरपालिकाको–७ चिसापानी स्पोर्ट क्लवलाई १–२ को गोलान्तरले पराजित गरेको छ । खेलको मध्यान्तरअघि ७ औं मिनेटमा अयोजक टिमका खेलाडी १६ नम्वर जर्सिका छिरिङ शेर्पाले १ गोल प्रहार गर्दै अग्रता दिलाएका थिए ।

त्यस्तै १२ औं मिनेटमा चिसापानीका खेलाडी ६ नम्वर जर्सिका बिमल थापाले गोल हानेर बराबरीको अवस्थामा पु¥याएका थिए । खेलको १७ औं मिनेटमा आयोजकका जर्सी नम्बर ११ का खेलाडि राजेन्द्र चौधरीले १ गोल थपेसँगै शनिबारको खेल आयोजकले जित हासिल गरेको थियो ।

खेलमा जेयन शाही शंकरले मुख्य रेफ्रीको भूमिका निर्वाह गरेका थिए । त्यस्तै रोहन थापा र निखिल कार्की सहायक रेफ्रीको भूमिकामा थिए । शनिबारको खेलका लागि म्यान अफ द म्याच जर्सी नम्बर १४ का रोशन तामाङ घोषित भए । उनलाई नगद पुरस्कार प्रदान गरिएको थियो । आईतबारको खेल नेपालटार र आयोजक ‘बि’ दोश्रो खेलमा पुवारे फुटबल क्लव र मौवासेबीच दुइखेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार