काठमाडौं । इजरायलले इरानकाविभिन्न सैन्य ठेगानामाशनिबार विहान क्षेप्यास्त्र आक्रमण गरेको छ ।
इजरायलको सुरक्षा बल (आइडीएफ) का अनुसार यस आक्रमणमा इजरायलका सबै सैन्य क्षमताहरू पूर्ण रूपमा परिचालित गरिएको छ । राजधानी तेहरान, सैन्यआधार तथामिसाइलउत्पादन केन्द्र रहेको इस्फाहान र हवाई क्षेत्र रहेको मशहदमाविस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो आक्रमण लगभग २६ दिनअघि इरानले इजरायलकाशहरहरूमा १८१ वटा ब्यालेस्टिक मिसाइलप्रहार गरेपछि इजरायलले प्रतिशोधस्वरूप गरेको हो । प्रारम्भिक आक्रमणपछि एक घण्टामा दोस्रो लहरको क्षेप्यास्त्रप्रहार भएको जनाइएको छ । जसमामध्य सहर शिराजमाविस्फोट भएको बताइएको छ ।
जेरुसेलमपोस्टको रिपोर्ट अनुसार इजरायलले गाजामा रहेको बुरेज शरणार्थी शिविरमा पनि आक्रमण गरेको छ ।
आइडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियलहागारीले भने, ‘राज्य इजरायलमाथि इरानबाट निरन्तर आक्रमण भइरहेकोले प्रतिकार स्वरूप इजरायलले इरानका सैन्य ठेगानामा शुद्धता र लक्ष्यवद्ध आक्रमण गरिरहेको छ ।
अरू सार्वभौम देशजस्तै, इजरायलको अधिकार र कर्तव्य छ कि आफ्नानागरिक र राष्ट्रको रक्षाकालागिआवश्यककदमचाल्न सकियोस् ।’
यस आक्रमणले पश्चिमीदेशहरूमामध्यपूर्वको तनाव सम्पूर्ण युद्धमा बदलिने आशंकापनि बढाएको छ ।
हालसम्म इरानकाअधिकारीहरूले आक्रमणबारे पुष्टि गरेका छैनन् । इरानको नागरिक उड्डयनप्राधिकरणले सूचना जारी गर्दै आफ्नो हवाई मार्ग शनिबार बिहान ९ बजे (स्थानीय समय) सम्मकालागिबन्द गरेको जनाएको छ ।