Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक ९ २०८१
रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबारदेखि काठमाडौं केन्द्रितआन्दोलन गर्ने भएको छ ।
पूर्वगृहमन्त्रीएवं पार्टी सभापतिरवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रितआन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमाआन्दोलन गर्ने भएको हो ।
लामिछानेमाथि अनुसन्धानप्रक्रियाचलिरहँदागत सात दिनयता रास्वपाले पोखरा केन्द्रितविरोध प्रदर्शनकाकार्यक्रमगर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौँमाप्रदर्शन गरिने प्रदेश सभापति राजनगौतमले जानकारी दिए । आजदिउँसो १ बजे काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गर्न लागिएको हो ।
पोखरामा रास्वपाले प्रदर्शन गरेपनिजनस्तरबाट समर्थन नदेखिएको टिप्पणी हुँदै आएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानकालागिगतशुक्रबार प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लगत्तै रास्वपाले पूर्वाग्रही ढंगले सभापतिलाई पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ ।

Last updated:2024 Oct 25 Friday 08:35:40

प्रतिक्रिया
सम्बन्धित समाचार