Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

महिला संघको निःशुल्क स्वास्थ्य शिविर ३०१ जनाले लिए सेवा

  • उपहार न्यूज
  • बिहिबार, कार्तिक ८ २०८१
महिला संघको निःशुल्क स्वास्थ्य शिविर ३०१ जनाले लिए सेवा

उपहार न्यूज
उदयपुर कात्तिक ९
नेपाल महिला संघ उदयपुरको आयोजना तथा नोवेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा गाईघाटमा आयोजित महिलाहरुको लागि निःशुल्क स्वास्थ्य शिविरमा ३०१ जनाले सेवा लिएका छन् ।
गाईघाट स्थित त्रियुगा नमुना माध्यमिक विद्यालय गाईघाटमा आयोजित शिविरमा त्रियुगा नगरपालिका क्षेत्र तथा छिमेकि जिल्लाका तीन सय एक जना महिलाहरुले प्रत्यक्ष सेवा लिएको नेपाल महिला संघ उदयपुरका सचिव मिना खड्काले जानकारी दिनु भयो ।
शिविरमा महिनावारी गडबढ हुने, योनाङग चिलाउने तथा सेतो पानी बग्ने, बाझोपन सम्बन्धी परामर्श, तल्लो पेट भारी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनाङ पोल्ने तथा सुनिने, योनाङग सुनिने, पाठेघरमा सिस्ट को बारेमा परामर्श दिईएको थियो ।
कार्यक्रम नेपाल महिला संघ उदयपुरका सभापती तथा प्रदेश सभा सदस्य लिला राईको अध्यक्षतामा संचालन भएको कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि नारायण बहादुर कार्कीले गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य लक्ष्मी परियार, पार्टी सभापती हिमाल कार्की, पूर्व पार्टी सभापती विदुर बस्नेत, पार्टी उप सभापती भिमचन्द्र राई, बल बहादुर तामाङ, कांग्रेस नेता विरेन्द्र कुमार बस्नेत, महाधिवेशन प्रतिनिधि सरिता राई, कांग्रेस क्षेत्रीय सभापती खगेन्द्र राई, प्रदेश (ख) सभापती सरोजकुमार बस्नेत, त्रियुगा नगर सभापती प्रकास कुमार खड्का, नेकपा एमालेका केन्द्रिय सदस्य पूर्व प्रदेश सभा सदस्य अम्बिका थापा लगायतको उपस्तिथी रहेको थियो ।

Last updated:2024 Oct 24 Thursday 12:15:48

प्रतिक्रिया
सम्बन्धित समाचार