Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

फूलखेतीमा रमाउदै उदयपुरका विद्यार्थी

  • उपहार न्यूज
  • आइतबार, कार्तिक ४ २०८१
फूलखेतीमा रमाउदै उदयपुरका विद्यार्थी
शौरब मगर-
उदयपुर । हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाँड तिहार तथा तराई क्षेत्रमा अत्यधिक मनाइने छठ पर्वलाई लक्षित गरी उदयपुरमा विद्यार्थीहरुले फूल खेती थालेका छन् । जिल्लाको कटारी नगरापलिका वडा नम्बर ४ त्रिवेणीस्थित कृषि प्राबिधिक धारमा अध्ययनरत विद्यार्थीहरु फूल खेतीमा रमाउन थालेका हुन् ।
प्राबिधिक धारमा अध्ययनरत विद्यार्थीहरुलेअघिल्लो वर्षदेखि खेती सुरु गरेका हुन् । लामो समयदेखि फूलमा परनिर्भर रहेको जिल्लालाई आत्मनिर्भर बनाउन फूल खेती थालिएको व्यवस्थापक त्रिसम कार्कीले बताए । व्यवस्थापक कार्कीसँगै अन्य ८ जना विद्यार्थी मिलेर ९ जनाको समूहले थालेको फूलखेतीबाट अघिल्लो वर्ष पनि जिल्लामा सदरमुकाम गाईघाट, कटारी र बेल्टार बेलका रामपुरलगायतको बजारमा निर्यात भएको थियो ।
कार्कीसँगै राजु ठाकुर, राजु थापा, युनिष राई, गौरब कार्की, रोदन सुबेदी, एलिशा थापा, रिता मगराती र सुस्मीता पुलामीमगरले संयुक्त रुपमा फूल खेती सुरु गरेका हुन् । सो समूहले अघिल्लो वर्ष १७ कठ्ठामा फूल लगाएको थियो । यो वर्षभने १० कठ्ठा क्षेत्रफलमा सयपत्री फूल रोपिएको व्यवस्थापक कार्कीले जानकारी दिए ।
प्राबिधिक धारमा पढ्दै सिक्दै र कमाउने भन्ने नारासहित विद्यार्थीहरुले आफूले औपचारिक कक्षामा सिकेका बिधिहरु व्यवसायिक रुपमा प्रयोग गरेको विद्यार्थीहरुले बताएका छन् । अघिल्लो वर्षहरुमा छिमेकी मुलुक भारतलगायतबाट फूल अत्यधिक निर्यात गर्नुपर्ने बाध्यतालाई विद्यार्थीहरुको सामूहिक फूलखेतीले सहज दिलाएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार