Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की

  • उपहार न्यूज
  • आइतबार, कार्तिक ४ २०८१
शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की

 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलमा दमन गरेको बताएकी छन् ।

आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा लाठ्ठि चार्ज गरेर पानीको फोहोरा प्रहार गर्नु शान्तिपूर्ण आन्दोललाई दमन गरेको बताएकी हुन् ।

उनले  भनिन्, ‘पानीको फोहोरा प्रहार गर्नु, लाठ्ठि चार्ज गरेर शान्तिपूर्ण  आन्दोलनको दमन गर्नु प्रहरी प्रशासनबाट यो हुनु हामीलाई जायज छैन । भुँईमा बसेर शान्तिपूर्ण  तरिकाले आन्दोलन गरिराख्दाखेरी  जसले विधिको शासन जोगाउनुपर्ने , सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै यसरी दमन हुन्छ भने हामी विधि भन्दा बाहिर गएको शासनलाई विधिभित्र ल्याउने काम गर्नेछौं ।’

साथै उनले बन्द भएका नाकाहरु तत्काल प्रहरी प्रशासनले खोल्नुपर्ने माग गरिन् । उनले घुसपैठ गरेर असभ्य, असक्षम कामहरु नगर्न प्रहरी प्रशासनलाई सचेत गराएकी छन् ।

Last updated:2024 Oct 20 Sunday 10:41:01

प्रतिक्रिया
सम्बन्धित समाचार