Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरको बस दुर्घटना एकको मृत्यु २६ घाईते

  • उपहार न्यूज
  • आइतबार, कार्तिक ४ २०८१
उदयपुरको बस दुर्घटना एकको मृत्यु २६ घाईते

गाईघाट, कात्तिक ४
गाईघाटबाट काकडभिट्टातर्फ जाँदै गरेको हिमाली यातायात प्रालिको बस सप्तरीको कन्चनपुरमा आइतबार बिहान दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने अन्य २६ जना घाइते भएका छन् ।
प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको पारुहाङ ट्राभलको बस बिहान ६–३० बजे कन्चनपुर नगरपालिकाको बर्मझियामा दुर्घटना भएको थियो । घटनामा उदयपुर निवासी २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विपरीत दिशाबाट आउँदै गरेको स ५ प १५९३ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा बस दुर्घटनामा परेको हो । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि बिराटनगर रेफर गरिएको छ । अन्य घाइतेको स्थानीय धर्मेश अस्पतालमा उपचार भइरहेको छ ।

 

Last updated:2024 Oct 20 Sunday 09:55:08

प्रतिक्रिया
सम्बन्धित समाचार