Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

नेपाल रेडक्रस सोसाइटीले उदयपुरमा १३ सदस्यीय तदर्थ समिति गठन

  • उपहार न्यूज
  • शुक्रबार, असोज ११ २०८१
नेपाल रेडक्रस सोसाइटीले उदयपुरमा १३ सदस्यीय तदर्थ समिति गठन

नेपाल रेडक्रस सोसाइटीले उदयपुरमा १३ सदस्यीय तदर्थ समिति गठन नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले उदयपुरमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ। केन्द्रीय महामन्त्री भुपतिलाल श्रेष्ठद्वारा हस्ताक्षर गरिएको पत्र अनुसार चौदण्डीगढी नगरपालिकाका वडा नम्बर ७ का शम्भु पौडेलको संयोजकत्वमा ६ महिनाको लागि तदर्थ समिति गठन गरिएको हो ।

उक्त समितिले जिल्ला शाखाले गर्नु पर्ने सम्पूर्ण कार्यहरू बिधान अनुसार गर्ने र ६ महिनाभित्र उपशाखा गठन गरी जिल्ला कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था मिलाउने जिम्मेवारी दिएको छ। नयाँ तदर्थ समितिमा उपसंयोजकको जिम्मेवारी उदयपुरगढि ५ का चन्द्रमणि गुरागाईलाई दिइएको छ भने सचिवमा त्रियुगा नगरपालिका वडा नम्बर ४ बगाहाका सन्तोष कोइराला रहेका छन्। त्यसैगरी, कोषाध्यक्षमा उदयपुरगढी गाउँपालिका वडा नम्बर २ का देव गिरी चयन भएका छन् ।

अन्य सदस्यहरूमा क्रमशः उदयपुरगढी गाउँपालिका वडा नम्बर ४ की सम्झना राई, कटारी नगरपालिका वडा नम्बर ३ का पुष्कर खड्का, त्रियुगा नगरपालिका वडा नं. ७ का राजेश कार्की, चौदण्डीगढी नगरपालिका वडा नं. ९ का चन्द्र गिरी, त्रियुगा नगरपालिका वडा नं. ४ की कल्पना ढकाल, लिम्चुङबुङ गाउँपालिका वडा नं. १ का राजकुमार राई, कटारी नगरपालिका वडा नं. १४ का भीम जोशी, त्रियुगा नगरपालिका वडा नं. १३ का दुर्गानन्द चौधरी, र बेलका नगरपालिका वडा नं. २ का धुर्व कोइराला रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार