शंकर रिखाम मगर-
उदयपुर, भदौ २९ ।
उदयपुरका बिभिन्न तीन गाउँपालिकामा स्थानीय शासणसम्बन्धी कार्यशाला आयोजना गरिएको छ । जिल्लाको रौतामाइ गाउँपालिका वडा नम्वर ५ र ६, लिम्चुङबुङ गाउँपालिका ५ र ताप्ली गाउँपालिका वडा नम्वर १, २ र ३ का जनप्रतिनिधीसहित सरोकारवाला प्रतिनिधिहरुका लागि बालमैत्री स्थानीय शासनसम्बन्धी २ दिवसीय कार्यशाला सम्पन्न भएको हो ।
कार्यशालामा वडाध्यक्ष, वडासचिव, वडासदस्य, स्वास्थ्य प्रतिनिधि, विद्यालय शिक्षक र बालसंजाल तथा बालक्लव प्रतिनिधिहरु गरी ३० जनाको सहभागिता थियो । सरकारले नेपाललाइ बालमैत्री देश घोषणाका लागि २०८७ सम्मका लागि लिएको लक्ष्य पूरा गर्न जाल्पा एकीकृत विकास समाज उदयपुरले आर्थिक तथा प्राबिधिक रुपमा सहयोग गर्दै गरेको कार्यक्रमका अध्यक्ष तथा जाल्पा उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले बताए ।
कार्यशालामा बालमैत्री स्थानिय शासन, बालमैत्री घोषणाका फाइदा, बालमैत्री घोषणाका लागि अपनाउनु पर्ने प्रकृया, समस्या र चुनौती, प्रयास र सम्भावना बारे वडागत रुपमा छलफल गर्दै कार्ययोजना तयार गरिएको छ ।
कार्यशाला तयारिका साथमा सम्पूर्ण बालमैत्री घोषणको निम्ति वडा, समुदाय, स्वास्थ्य, बिद्यालय, टोलबिकास, बालक्लव तथा सन्जाल र अन्य सरोकारवाला सहित पालिकाका कार्यपालिका तथा गाउँसभाबाट केही नीतिगत कार्यहरुमा छलफल गरि निणर्य र अनुमोदन गर्नु पर्ने कुराहरुको बारेमा प्रष्ट पारिएको थियो । बालमैत्री घोषणाका लागि पूर्वतयारी चरण, तयारी चरण, घोषणा चरण, नीति तथा कार्यन्वयन चरण रहेको पनि कार्यशालामा बताइएको थियो ।
बाल स्पोनसरशिप परियोयना बारे जाल्पाका कार्यक्रम अधिकृत रुद्र प्रसाद पोखरेलले प्रष्ट पारेका थिए भने वर्ल्ड भिजन इन्टरनेशन नेपाल के हो परिचयसहित बाल संरक्षणको बारेमा वर्ल्ड भिजन इन्टरनेशनल नेपालका बाल स्पोन्सरशिप परियोजना संयोजक आनन्द खड्काले सहजिकरण गरेका थिए । कार्यशाला वर्ल्ड भिजन इन्टरनेशन नेपालको सहयोग तथा जाल्पा एकीकृत बिकास समाज उदयपुरको आयोजनामा सन्चालन भएको थियो भने केशवकुमार राया र शंकरबहादुर रिखामले सहजिकरण गरेका थिए ।