Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा फोक्सोको क्यान्सरबाट मृत्यु हुने निराजनको परिवारलाई कतारबाट आर्थिक सहयोग

  • उपहार न्यूज
  • शुक्रबार, साउन २५ २०८१
उदयपुरमा फोक्सोको क्यान्सरबाट मृत्यु हुने निराजनको परिवारलाई कतारबाट आर्थिक सहयोग

उदयपुर, साउन २५ ।
फोक्सोको क्यान्सरका कारण ज्यान गुमाउने उदयपुरका निराजन शर्माको परिवारलाई कतारबाट आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ३ बस्नेत निराजनको फोक्सोको क्यान्सरका कारण मृत्यु भएको थियो ।

उपचारमा लाग्ने अत्यधिक खर्च परिवारले धान्न नसकेपछि कतारस्थित ‘उदयपुर प्रबासी सेवा समाज दोहा’ले आर्थिक संकलन अभियान थालेको थियो । तर, निराजन बचाउ अभियान संचालन गर्दागर्दै मृत्यु भएपछि हालसम्म संकलित १७ हजार चार रुपैयाँ रकम मृतककै परिवारलाई बुझाइएको समाजका सचिव संजिप कटुवालले जानकारी दिए ।

संस्थाका अध्यक्ष कमल वाग्लेको उपस्थितिमा शुक्रबार बसेको बैठकले अभियान संचालनकै दौरानमा बिरामीको मृत्यु भएपछि संकलित रकम परिवारलाई नै पठाउने निर्णय गरेको हो । त्यस्तै बोक्सेमा भर्खरै सम्पन्न दाजुभाई समूहद्धारा आयोजित फुटबल प्रतियोगिताका लागि समेत आर्थिक सहयोग गर्ने निर्णय गरिएको सचिव कटुवालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार